कार्तिक २७, २०८२ बिहीबार | २३:१६:२५
लालिगुँरास र देउरालीको खेल गोलरहित अन्तर्राष्ट्रिय फुटबलमा आदित्यको डेब्यु काठमाडौंलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साथ एनपिएलको टिकट दर ५०० देखि २ हजारसम्म अनन्तको गोलमा बंगलादेशसँग हारबाट जोगियो नेपाल नजिबुल्लाह जाद्रन कर्णालीमा अनुबन्ध अन्तर्राष्ट्रिय फुटबलमा दीपेशको डेब्यु मधेशविरुद्ध लुम्बिनी विजयी रोहितको गोलमा बंगलादेशविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता विराटनगरले पूरा गर्यो विदेशी खेलाडीको कोटा लालिगुँरास र देउरालीको खेल गोलरहित अन्तर्राष्ट्रिय फुटबलमा आदित्यको डेब्यु काठमाडौंलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साथ एनपिएलको टिकट दर ५०० देखि २ हजारसम्म अनन्तको गोलमा बंगलादेशसँग हारबाट जोगियो नेपाल नजिबुल्लाह जाद्रन कर्णालीमा अनुबन्ध अन्तर्राष्ट्रिय फुटबलमा दीपेशको डेब्यु मधेशविरुद्ध लुम्बिनी विजयी रोहितको गोलमा बंगलादेशविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता विराटनगरले पूरा गर्यो विदेशी खेलाडीको कोटा

अन्तर्राष्ट्रिय फुटबलमा दीपेशको डेब्यु

काठमाडौं । युवा मिडफिल्डर दीपेश गुरुङले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका छन् । बिहीबार ढाका अन्तर्राष्ट्रिय रंगशालामा दीपेशले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो ‘क्याप’ जितेका हुन् ।

करिब तीन वर्ष अगाडि सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दीपेशले थ्री स्टार क्लबको जर्सी लगाएका थिए । त्यतिबेला मेघराज केसीको नेतृत्वमा रहेको टोलीका उनी प्रमुख खेलाडी थिए । केसीकै नेतृत्वमा उनले सन् २०२२ मा भारतको भुवनेश्वरमा सम्पन्न साफ यु-२० च्याम्पियनसिप खेलेका थिए । जतिबेला टोलीका कप्तानी आयुष घलानले गरेका थिए । आज उनै आयुषलाई दीपेशले दोस्रो हाफको ६०औं मिनेटमा प्रतिस्थापन गर्दै अन्तर्राष्ट्रिय डेब्युको उपलब्धि हासिल गरे । सोही वर्ष बहराइनमा सम्पन्न एएफसी यु–२० एसियन कप छनोट प्रतियोगितामा पनि दीपेशले नेपालको प्रतिनिधित्व गरे ।

गत सेप्टेम्बरमा ताजकिस्तानमा सम्पन्न एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगितामा दीपेश, नवीन न्यौपानेको प्रशिक्षणमा रहेको नेपाली टोलीका महत्वपूर्ण सदस्य थिए ।

गत वैशाख सम्पन्न नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करण काठमाडौं रेजर्सबाट खेलेका दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् ।

ढाकामा नेपाल घरेलु टोलीविरुद्ध २–१ ले पछाडि छ ।


भिडियो
KATHMANDU को नयाँ रुप II नयाँ COACH का साथ यसपालीको लक्ष्य उपाधि II MONTY DESAI II NPL SEASON 2
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र