कार्तिक २५, २०८२ मंगलबार | ००:४३:२८
एनपिएलका यसपाली फ्लडलाइटमा टाइगर्सलाई हराउँदै काँक्रे बिहार सेमिफाइनलमा, राष्ट्रिय लिगमा छनोट हिक्मत महरा बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ फुटबल टोलीको बिदाइ अफगानिस्तनका पूर्व कप्तान गुल्बदिन नइब लुम्बिनीमा अनुबन्ध काठमान्डौंलाई केआइइसीको साथ नव जन जागृतिले गाईघाटलाई हरायो पुलिसलाई झापा महिला गोल्डकपको उपाधि नेपाल आइपुगे जोहन सिम्पसन एन्फाले बैठक ‘लाइभ’ नगरेपछि खेलाडीले गरे बैठक बहिस्कार एनपिएलका यसपाली फ्लडलाइटमा टाइगर्सलाई हराउँदै काँक्रे बिहार सेमिफाइनलमा, राष्ट्रिय लिगमा छनोट हिक्मत महरा बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ फुटबल टोलीको बिदाइ अफगानिस्तनका पूर्व कप्तान गुल्बदिन नइब लुम्बिनीमा अनुबन्ध काठमान्डौंलाई केआइइसीको साथ नव जन जागृतिले गाईघाटलाई हरायो पुलिसलाई झापा महिला गोल्डकपको उपाधि नेपाल आइपुगे जोहन सिम्पसन एन्फाले बैठक ‘लाइभ’ नगरेपछि खेलाडीले गरे बैठक बहिस्कार

टाइगर्सलाई हराउँदै काँक्रे बिहार सेमिफाइनलमा, राष्ट्रिय लिगमा छनोट

काठमाडौं ।  टाइगर्स टिममाथि १–० को साँघुरो जित हासिल गर्दै सुर्खेतको काँक्रे बिहार युथ क्लब एन्फा प्रेसिडेन्ट लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार प्रतियोगिताको छैटौं दिन मकवानपुरको हेटौडास्थित गौरिटार रंगशालामा सम्पन्न समूह ‘बी’को खेलमा काँक्रे बिहारको जितमा रोमन भुजेलले निर्णायक गोल गरे ।

आफ्नो अपराजित यात्रालाई कायम राखेको काँक्रे बिहारले तीन खेलमा सात अंक जोड्दै कम्तिमा पनि दोस्रो स्थान सुरक्षित गरेको हो । जितसँगै काँक्रे बिहार यही पुसको पहिलो साताबाट सुरु हुने राष्ट्रिय लिगमा समेत छनोट भएको छ ।

सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्ने समीकरण छ । सेमिफाइनल पुग्ने टोली राष्ट्रिय लिगका लागि छनोट हुनेछन् ।

काँक्रे बिहारले अब समूहको अन्तिम खेलमा शुक्रबार गाईघाट एफसीको सामना गर्नेछ ।

प्रतियोगितामा टाइगर्सको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा गाईघाटलाई हराएको टाइगर्स त्यसपछि हैरान्स क्लबसँग पराजित भएको थियो । बुधबार टाइगर्सले नव जन जागृति युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आफ्नो सेमिफाइनल सम्भावनालाई जीवितै राख्न टाइगर्सलाई जितबाहेक विकल्प छैन ।

टाइगर्सलाई हराए नव जन जागृृतिले सेमिफाइनलमा आफ्नो पाइलालाई एक कदम अगाडि सार्नेछ ।

सोमबार दिनको पहिलो खेलमा नव जन जागृतिले गाईघार्ट  २–० ले पराजित गरेको थियो । नव जन जागृतिलाई जित दिलाउन रुजन न्यौपाने र विकास दर्लामी मगरले गोल गरे ।

जितसँगै पहिलो खेलमा काँक्रे बिहार युथ क्लबसँग १–१ को बराबरी खेलेको नव जन जागृतिले चार अंक जोडेको छ । गाईघाटको यो लगातार दोस्रो हार हो । यसअघि गाईघाटले टाइगर्स टिमसँग २–१ को पराजय बेहोरेको थियो ।

प्रतियोगितामा मंगलबार समूह ‘ए’का दुई खेल हुनेछन् । बिहान १२ः१५ बजे हुने पहिलो खेलमा विजयी स्पोर्टस क्लबले जन जागृति क्लबको सामना गर्नेछ । दिउँसो ३ः१५ बजे हुने दोस्रो खेलमा लालिगुँरास एसोसिएसन क्लबले चित्लाङ एफसीसँग खेल्नेछ ।


भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder