काठमाडौं । नेपाल प्रिमियर लिग (एनिपएल) को दोस्रो सिजनका लागि काठमान्डौं गोर्खाजले शैक्षीक परामर्श संस्था केआइइसीसँग प्रायोजन सम्झौता गरेको छ ।
केआइइसीले विदेशमा अध्यन गर्न चाहने र सफल अन्तर्राष्ट्रिय करियर निर्माण गर्न उत्सुक विधार्थीका लागि २० वर्ष देखि शैक्षीक परामर्श दिँदै आएको छ ।
काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र केआइइसीका संस्थापक एवंम प्रमुख कार्यकारी अधिकृत राजेन्द्र रिजालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
काठमान्डु गोर्खाजका प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरी र केआईईसीका बजार प्रवन्धक सुमित श्रेष्ठको रोहवरमा सम्झौता गरिएको थियो ।
सम्झौता अनुसार काठमान्डौंले जर्सीमा केआइइसीको लोगो राखेर एनपिएल खेल्ने छ ।
गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले खेलकुदका विभिन्न क्षेत्रमा केइइसीले गर्दै आएको बजार व्यवस्थापन कार्यको प्रशंसा गरे ।
केआइइसीका संस्थापक रिजालले युवाहरुको भविष्यका लागि कार्य गर्दै आएको र एनपिएल पनि युवामाझ लोकप्रिय भएकाले काठमान्डौंसँग जोडिएको बताए ।
काठमाडौं गोर्खाजले यसअघि नै मुख्य प्रायोजकको रुपमा वर्ल्ड लिंकसँग सम्झौता गरिसकेको छ । टोलीको गोल्ड पार्टनरको रूपमा शिखर इन्स्योरेन्स, ड्रिक्स पार्टनरको रूपमा एक्सट्रिम इनर्जी ड्रिक्ससँग प्रायोजन सम्झौता गरिसकेको छ । साथै टोलीको अफिसियल हस्पिटालिटी पार्टनरमा टुलिप होटल छ ।
यस्तै काठमाडौंले मार्की करण केसीसहित भीम सार्की, शाहव आलम रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई दोस्रो सिजनमा पनि निरन्तरता दिएको छ ।
यसैगरी मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापालाई भित्र्याएको थियो ।
यस्तै टोलीले इङ्लिस विकेटकिपर/ब्याटर जोहन सिम्पसन दक्षिण अफ्रिकाका विकेटकिपर/ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरस्मस, अमेरिकी ब्याटर मिलिन्ड कुमार, इङ्लिस ब्याटर बेन चार्ल्सवर्थ र भारतीय मुलका अमेरिकी खेलाडी सन्नी पटेललाई अनुबन्धन गरेको छ ।
काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा एनपिएलको दोस्रो सिजन खेल्ने छ । यस्तै काठमाडौंको प्रशिक्षकमा बसन्त शाही छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यो सिजन पनि काठमाडौंसँगै साविक विजेता जनकपुर बोल्ट्स साविक उपविजेतासुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।
