कार्तिक १९, २०८२ बुधबार | १२:५४:०२
म्याक्स डोम्यान बने युइएफए च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी युएईविरुद्व ब्याटिङ गर्दै नेपाल एट्लेटिको मड्रिडको सहज जित आर्सनलको विजयी यात्रा जारी बायर्न म्युनिखको रोमाञ्चक जित लिभरपुलले रियाल मड्रिडलाई हरायो युएईविरुद्ध हारको बदला लिने लक्ष्यमा नेपाल खेलकुद मन्त्री गुप्ता सरोकारवालासँगको भेटघाटमा व्यस्त नेपाल जेनजी फ्रन्टले माग्यो एन्फा नेतृत्वको राजीनामा नेपाल किर्गिस्तानसँग पराजित म्याक्स डोम्यान बने युइएफए च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी युएईविरुद्व ब्याटिङ गर्दै नेपाल एट्लेटिको मड्रिडको सहज जित आर्सनलको विजयी यात्रा जारी बायर्न म्युनिखको रोमाञ्चक जित लिभरपुलले रियाल मड्रिडलाई हरायो युएईविरुद्ध हारको बदला लिने लक्ष्यमा नेपाल खेलकुद मन्त्री गुप्ता सरोकारवालासँगको भेटघाटमा व्यस्त नेपाल जेनजी फ्रन्टले माग्यो एन्फा नेतृत्वको राजीनामा नेपाल किर्गिस्तानसँग पराजित

एट्लेटिको मड्रिडको सहज जित

काठमाडौं । एट्लेटिको मड्रिडले युइएफए च्याम्पियन्स लिगमा दोस्रो जित दर्ता गरेको छ ।

मंगलबार मेट्रोपालिटानो रंगशालामा घरेलु टोली एट्लेटिकोले रोयल युनियन सेन्ट गिलोइसलाई ३-१ ले हरायो ।

जितसँगै चार खेलमा ६ अंक जोडेको एट्लेटिको १४औं स्थानमा छ । पराजित गिलोइस समान खेलबाट तीन अंकका साथ २६औं स्थानमा छ ।

एट्लेटिकोलाई जित दिलाउन जुलियन अल्भारेज, कोनर गालाघर र मार्कस लोरियन्टले गोल गरे । गिलोइसका लागि रस साइक्सले गोल फर्काए ।

खेलको ३९औं मिनेटमा अल्भारेजको गोलमार्फत एट्लेटिकोले अग्रता लिएको थियो । ७२औं मिनेटमा गालाघरले टोलीको अग्रता दोब्बर बनाए ।

साइक्सले ८०औं मिनेटमा गोल गर्दै गिलोइसलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर इन्जुरी समयमा लोरियन्टले गोल गर्दै एट्लेटिकोलाई ३-१ को जित दिलाए ।

मंगलबारै सम्पन्न अन्य खेलमा बायर्न म्युनिखले पेरिस सेन्ट जर्मन (पिएसजी) लाई २-१, लिभरपुलले रियाल मड्रिड तथा मोनाकोले एफके बोडो/ग्लिम्टलाई समान १-०, टोटनहमले कोपनहेगनलाई ४-०, आर्सनलले स्लाभिया प्रागलाई ३-० ले पराजित गरे । यसैगरी युभेन्टसले स्पोर्टिङ तथा पिएसजीले ओलिम्पियोकसलाई समान १-१ को बराबरीमा रोक्दा नापोली  र इन्ट्रयाक्ट फ्रयांकफर्टले गोलरहित बराबरी खेले ।


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA