काठमाडौं । आर्सनलले युइएफए च्याम्पियन्स लिगमा मंगलबार स्लाभिया प्रागविरुद्ध ३-० को सहज जित दर्ता गरेको छ ।
लगातार चौथो जितसँगै चार खेलमा १२ अंक जोडेको आर्सनल दोस्रो स्थानमा छ । पराजित प्राग समान खेलबाट दुई अंकका साथ ३०औं स्थानमा छ ।
फोर्टुना एरिनामा पाहुना टोली आर्सनललाई जित दिलाउन मिकेल मोरिनोले दुई तथा बुकायो साकाले एक गोल गरे ।
खेलको ३२औं मिनेटमा साकाको पेनाल्टी गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । दोस्रो हाफको सुरुआतमै मोरिनोले टोलीको अग्रता दोब्बर बनाए । उनले लियान्द्रो ट्रोसार्डको पासलाई पोस्टको दिशा दिए ।
मोरिनोले ६८औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । यस पटक डेक्लान राइसले गोलको अवसर सिर्जना गरेका थिए ।
भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
