माघ १७, २०८२ शनिबार | २२:२१:३७
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

आत्मघाति गोल उपहारमा मछिन्द्रको जित

काठमाडौं । फ्रेन्डस क्लबका रोनेल एन्थोनी पाउलको आत्मघाति गोल उपहारमा मछिन्द्रले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष स्थानको अग्रता चार अंकमा पुर्याएको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगलशालमा सम्पन्न पहिलो खेलमा मछिन्द्रले फ्रेन्डसलाई १-० ले हराएको हो ।

६७औं मिनेटमा फ्रेन्डसका एन्थोनी पाउलले क्लियर गर्न खोजेको हेडरले पोस्टको दिशा लिँदा मछिन्द्रले अग्रता लिएको थियो ।

आठ खेल खेलेको मछिन्द्र २० अंकसहित शीर्ष स्थानमा छ । मनाङ मर्स्याङदी १६ अंकका साथ दोस्रो स्थानमा छ । मनाङले पोखरा रंगशालामा च्यासल युथ क्लबको सामना गरिरहेको छ । सो खेलमा मनाङले जितेमा मछिन्द्रसँगको दुरी एक अंकमा झर्नेछ । संकटा क्लब १४ अंक बटुल्दै दोस्रो स्थानमा छ ।

मछिन्द्रसँगको हारले फ्रेन्डसमाथि रेलिगेशनको दबाब थपिएको छ ।आठ खेलमा मात्र तीन अंक बटुलेको फ्रेन्डस अन्तिम स्थानमा छ भने १३ औं स्थानको च्यासलको पाँच अंक रहेको छ । 

यसअघि नवौ मिनेटमा सुनिल बलको कर्नरमा अभिषेक रिजालले गरेको हेडर पोस्टमाथिबाट बाहिरदा मछिन्द्रले अग्रता लिने अवसर गुमायो ।
१८औं मिनेटमा फ्रेन्डसका रक्षकले क्लिय गर्न नसक्दा प्राप्त बलमा मछिन्द्रका छिरिङ गुरुङले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरयो ।
२७औं मिनेटमा मछिन्द्रका सुनिलले गरेको क्रसमा मछिन्द्रका कुनै पनि खेलाडी बल सम्म पुग्न सकेनन् ।
५३औं मिनेटमा फ्रेन्डसका एन्थोनी पाउलले गरेको सट मछिन्द्रका गोलकिपर विशल श्रेष्ठले विफल पारेका थिए ।
शनिबार दशरथ रंगशालामा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले न्युरोड टिम(एआरटी)को सामना गर्दैछ । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।