चैत्र १५, २०८२ आइतबार | ०४:१०:००
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

आत्मघाति गोल उपहारमा मछिन्द्रको जित

काठमाडौं । फ्रेन्डस क्लबका रोनेल एन्थोनी पाउलको आत्मघाति गोल उपहारमा मछिन्द्रले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष स्थानको अग्रता चार अंकमा पुर्याएको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगलशालमा सम्पन्न पहिलो खेलमा मछिन्द्रले फ्रेन्डसलाई १-० ले हराएको हो ।

६७औं मिनेटमा फ्रेन्डसका एन्थोनी पाउलले क्लियर गर्न खोजेको हेडरले पोस्टको दिशा लिँदा मछिन्द्रले अग्रता लिएको थियो ।

आठ खेल खेलेको मछिन्द्र २० अंकसहित शीर्ष स्थानमा छ । मनाङ मर्स्याङदी १६ अंकका साथ दोस्रो स्थानमा छ । मनाङले पोखरा रंगशालामा च्यासल युथ क्लबको सामना गरिरहेको छ । सो खेलमा मनाङले जितेमा मछिन्द्रसँगको दुरी एक अंकमा झर्नेछ । संकटा क्लब १४ अंक बटुल्दै दोस्रो स्थानमा छ ।

मछिन्द्रसँगको हारले फ्रेन्डसमाथि रेलिगेशनको दबाब थपिएको छ ।आठ खेलमा मात्र तीन अंक बटुलेको फ्रेन्डस अन्तिम स्थानमा छ भने १३ औं स्थानको च्यासलको पाँच अंक रहेको छ । 

यसअघि नवौ मिनेटमा सुनिल बलको कर्नरमा अभिषेक रिजालले गरेको हेडर पोस्टमाथिबाट बाहिरदा मछिन्द्रले अग्रता लिने अवसर गुमायो ।
१८औं मिनेटमा फ्रेन्डसका रक्षकले क्लिय गर्न नसक्दा प्राप्त बलमा मछिन्द्रका छिरिङ गुरुङले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरयो ।
२७औं मिनेटमा मछिन्द्रका सुनिलले गरेको क्रसमा मछिन्द्रका कुनै पनि खेलाडी बल सम्म पुग्न सकेनन् ।
५३औं मिनेटमा फ्रेन्डसका एन्थोनी पाउलले गरेको सट मछिन्द्रका गोलकिपर विशल श्रेष्ठले विफल पारेका थिए ।
शनिबार दशरथ रंगशालामा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले न्युरोड टिम(एआरटी)को सामना गर्दैछ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो