चैत्र १८, २०८२ बुधबार | १६:२७:१२
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै

कौटिन्हो भिल्लामा


लन्डन । स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर फिलिप कौटिन्हो इङ्लिस क्लब एस्टन भिल्ला भित्रिएका छन् ।

शुक्रबार बार्सिलोना र भिल्लाबीच सहमती भएको हो । सहमतीअनुसार कौटिन्होेले यस सिजनको अन्त्यसम्म भिल्लाबाट खेल्नेछन् । कौटिन्हो लोनमा इङ्लिस क्लब भित्रिएका हुन् ।

‘बार्सिलोना र एस्टन भिल्ला कौटिन्होको विषयमा सहमत छन् । सहमतीअनुसार कौटिन्हो यस सिजनको अन्त्यसम्म भिल्लाबाट खेल्नेछन् । सहमतीमा खरिदको विकल्पसमेत रहेको छ,’ भिल्लाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

कौटिन्होले यसअघि पाँच वर्ष लिभरपुलबाट खेलेका थिए । सन् २०१८ मा बार्सिलोना भित्रिनुअघि कौटिन्होले लिभरपुलबाट दुई सय एक खेलमा ५४ गोल गरेका थिए ।