कार्तिक २१, २०८२ शुक्रबार | २२:००:३५
कर्णाली याक्सको हरेक जितमा प्रदेश क्रिकेट संघले १ लाख पाउने संकटालाई हराउँदै पुलिस फाइनलमा विजयी स्पोर्टस र चित्लाङले खेल्यो बराबरी लिग गराउन एन्फा र राखेपलाई कमल थापाको ध्यानाकर्षण देउरालीको पहिलो जित, जन जागृति पराजित टिनु योहान्नन लुम्बिनीको मुख्य प्रशिक्षक सुदूरपश्चिम रोयल्सको ‘एन्थम’ सार्वजनिक काठमाडौंले पूरा गर्यो विदेशी खेलाडीको कोटा हङकङ सुपर सिक्सेसः पहिलो खेलमा नेपाल पराजित बराबरीमा आयो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला कर्णाली याक्सको हरेक जितमा प्रदेश क्रिकेट संघले १ लाख पाउने संकटालाई हराउँदै पुलिस फाइनलमा विजयी स्पोर्टस र चित्लाङले खेल्यो बराबरी लिग गराउन एन्फा र राखेपलाई कमल थापाको ध्यानाकर्षण देउरालीको पहिलो जित, जन जागृति पराजित टिनु योहान्नन लुम्बिनीको मुख्य प्रशिक्षक सुदूरपश्चिम रोयल्सको ‘एन्थम’ सार्वजनिक काठमाडौंले पूरा गर्यो विदेशी खेलाडीको कोटा हङकङ सुपर सिक्सेसः पहिलो खेलमा नेपाल पराजित बराबरीमा आयो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला
शनिबारको दिन

फेरि जुर्मुराउँदै महिला फुटबल

काठमाडौं । तीन महिनाअघि एएफसी एसियन कप छनोट प्रतियोगिताको निर्णायक खेलमा घरेलु टोली उज्वेकिस्तानसँग पराजय बेहोरेसँगै ४० वर्षदेखिको नेपाली महिला फुटबलको यात्रा एउटा सुनौलो गन्तव्यबाट विमुख हुन पुग्यो ।

ग्लोबल स्टेजमा आफ्नो संभावना प्रस्तुत गर्न अब नेपाली चेलीले थप चार वर्ष कुनुपर्ने भयो । नेपाल निकै नजिक पुगेर पनि छनोट हुन नसक्दा दक्षिण एसियाली प्रतिद्वन्द्वी भारत र बंगलादेश भने पहिलो पटक एसियन कपमा छनोट हुन सफल भएका छन् ।

अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपको २१औं संस्करणमा भारत र बंगलादेशले आफ्नो उपस्थिति जनाइरहँदा नेपाली महिला खेलाडी भने घरेलु फुटबलमै सीमित भइरहेको हुनेछ ।

त्यही भारत, जसलाई साफ च्याम्पियनसिपका पछिल्ला दुई संस्करणमा नेपालले पराजित गरेको थियो । त्यही बंगलादेश, जसलाई तीन वर्षअघिसम्म पनि हराउन कुनै कठिन हुँदेनथ्यो ।

साफ महिला च्याम्प्यिनसिपको उपविजेता नेपाली टोली । 

अस्ट्रेलियामा मार्च पहिलो सातादेखि एसियन कप सुरु हुनेछ । प्रतियोगिता सुरु हुनु ५ महिनाभन्दा कम समय बाँकी रहँदा दुवै राष्ट्रले तयारी सुरु गरिसकेको छ । यसैको तयारीस्वरुप भारतले अक्टोबर अन्तिम साता सिलोङमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि आतिथ्यता गर्दै छ । सिलोङमा नेपालले भारतसँगै इरानको सामना गर्नेछ । इरानले पनि एसियन कपमा आफ्नो दाबेदारी पेस गर्दै छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई साताअघि मात्र महिला टोलीको प्रशिक्षण जिम्मेवारी घरेलु फुटबलका चर्चित प्रशिक्षक नवीन न्यौपानेलाई दिएको छ । 

सिलोङ भ्रमण नेपाली टोलीका लागि ‘फ्रेस स्टार्ट’ रहन आवश्यक छ । सन् २०२७ वा २०३१ सम्म फिफा विश्वकप खेल्ने सपना बोकेको नेपाललाई उज्वेकिस्तानको त्यो नमीठो हारले ठूलो धक्का पुगेको छ । मन रोएको छ । तर, अतीत भुलेर अगाडि बढ्नुबाहेक टोलीसँग अरू विकल्प छैन ।

नेपालको २०२७ मा ब्राजिलमा हुने विश्वकपमा स्थान बनाउने अवसर समाप्त भइसकेको छ । अब पालो मिसन २०३१ का लागि द्रुत गतिमा अगाडि बढ्ने मात्र हो । सिलोङ भ्रमण राष्ट्रिय महिला टोलीले वर्षौंदेखि बुनेको सपनाको पहिलो खुड्किलो हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई साताअघि मात्र महिला टोलीको प्रशिक्षण जिम्मेवारी घरेलु फुटबलका चर्चित प्रशिक्षक नवीन न्यौपानेलाई दिएको छ । १९ महिनादेखि टोलीको नेतृत्व गर्दै आएका राजेन्द्र तामाङले जिम्मेवारी छाडेका छन् । बेल्जियन प्रशिक्षक प्याट्रिक डी वाइल्डले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएसँगै महिला टोली दुई महिनायता प्रशिक्षकविहीन थियो । तामाङले छनोट प्रतियोगितामा सहायक प्रशिक्षक भएर काम गरेका थिए ।

प्रशिक्षणका दौैरान नेपाली टोली । 

हाललाई न्यौपानेको सम्झौता अर्को वर्ष हुने साफ च्याम्पियनसिपसम्म रहनेछ । एन्फाले सहायक प्रशिक्षकमा राजकुमार केसी र भगवती थापालाई जिम्मेवारी दिएको छ । थापासँग यसअघि पनि सिनियर टोलीसँग काम गरेको अनुभव छ ।

तीन महिनासम्म शान्त रहेको अन्तर्राष्ट्रिय महिला फुटबलको पुनरागमनले नेपाली समर्थकमाझ एक हिसाबको खुसीयाली छाएको छ । टोलीले बुधबारदेखि बन्द प्रशिक्षण थालेको छ । न्यौपानेले गत जुलाईमा सम्पन्न साफ यु-२० च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेका केही नयाँ अनुहार समेट्दै ३५ सदस्यीय प्रारम्भिक टोली तयार पारेका छन् ।