माघ १५, २०८२ बिहीबार | १५:४३:५०
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

संकटाको लगातार दोस्रो बराबरी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लब लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको छ । 

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सम्पन्न आठौं चरणको पहिलो खेलमा संकटाले सातदोबाटो युथ क्लबसँग  १-१ को बराबरी खेलेको हो ।

२२औं मिनेटमा स्ट्राइकर सुशिल राईले गरेको गोलमा सातदोबाटोले अग्रता लिएको थियो । संकटाका रक्षक निरज बस्नेतले दिएको ब्याक पास गोलकिपर राजा बाबु थापाले नियन्त्रण लिन सकेनन् । थापाले क्लियर गर्न खोजेको प्रहार राईको घुँडामा ठोक्किए पोस्टको दिशा दिएका थियो ।

३२औं मिनेटमा जय गुरुङले गरेको गोलमा संकटा खेलमा फर्किएको थियो । 

५२औं मिनेटमा दिपकराज सिंक ठकुरीको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा सातदोबाटोले अग्रता लिने अवसर गुमायो ।

संकटा आठ खेलमा १४ अंकसहित तेस्रो स्थानमा छ भने समान खेलमा नौ अंक मात्र जोडेको सातदोबाटो नवौं स्थानमा छ । 

यसअघि चौथो मिनेटमा सातदोबाटोका सुदिप गुरुङको प्रहार राज बाबुले पञ्च गर्र्दै संकटाको संकट टारेका थिए । 
११औं मिनेटमा फोडे फोफोनाको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले विफल पारेका थिए ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।