चैत्र ८, २०८२ आइतबार | ०२:२०:४२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

शीर्ष दुई टोलीमाथि दबाब बढाउने लक्ष्यमा संकटा, सातदोबाटोलाई लयमा फर्कने चुनौती

काठमाडौं । शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजनमा सातदोबाटो युथ क्लबलको सामना गर्दा संकटा क्लब जारी सिजन अपराजित यात्रालाई निरन्तता दिँदै शीर्ष दुईमा रहेका मच्छिन्द्र क्लब र मनाङ मर्स्याङदी क्लबमाथि दबाब कायम राख्न चाहन्छ ।

सातौ चरणको समाप्तीमा १७ अंकसहित शीर्ष स्थान पक्का गरेको मच्छिन्द्रले एएफसी कप छनोटमा स्थान पक्का गरेको थियो । मनाङ भने समान खेलमा १६ अंकसहित दोस्रो स्थानमा छ । संकटाले सात खेलमा १३ अंक जोडेको छ । 

त्यसैले पछिल्लो खेलमा लय गुमाएको सातदोबाटोमाथि संकटा सहज जितसहित शीर्ष स्थानको टालीसँगको दुरी एक अंकमा झार्ने लक्ष्यमा हुनेछ । तर रक्षक अर्नेस्टो खुटटको चोटका कारण टोलीबाट बाहिरिए पछि भने आफूहरु केही दबाबमा रहेको प्रशिक्षक राजुकमार केसी बताउँछन् ।

‘रक्षक अर्नेस्टो घाइते भएकाले हामीलाई केही घाटा त हुनसक्छ तर सातदोबाटोका स्टइकर अजइ मार्टिन्स पनि दुई पहेँलो कार्डको निलम्बनमा रहेकाले हाम्रो रक्षापत्तिले केही राहत महसुस गर्ने विश्वास छ’, केसीले भने ।

सातादोबाटोले भने लिगमा उत्कृष्ट सुरुआतका बाबजुद पछिल्लो चार खेलमा स्वभाविक लय भेट्टाउन सकेको छैन ।

सातादोबाटोका प्रशिक्षक सुरज महर्जनले आफूहरुले पछिल्लो केही खेलमा लय गुमाएको र संकटाविरुद्धको खेलबाट टोली लयमा फर्कने विश्वास व्यत्त गरे ।

‘हामीले राम्रो सुरुआत गरे पनि टोलीले पछिल्ला केही खेलहरुमा लगातार अंक गुमाउँदै आएको छ, महर्जनले भने, हामीले नराम्रो खेलेका होइनौ तर पनि नतिजा हाम्रो पक्षमा आउन सकेको छैन । सोमबार हिमालयन शेर्पाविरुद्धको हारले टोलीमाथि दबाब थपिएको छ । त्यसैले सुखद नतिजासहित दबाब कम गर्न चाहन्छौ ।’

सातदोबाटो आठ अंकसहित आठौं स्थानमा छ । सातदोबाटोले सात खेलमा दुई जित, दुई बराबरी र तीन हार व्यहोरेको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो