माघ १८, २०८२ आइतबार | १२:४२:१९
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

शीर्ष दुई टोलीमाथि दबाब बढाउने लक्ष्यमा संकटा, सातदोबाटोलाई लयमा फर्कने चुनौती

काठमाडौं । शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजनमा सातदोबाटो युथ क्लबलको सामना गर्दा संकटा क्लब जारी सिजन अपराजित यात्रालाई निरन्तता दिँदै शीर्ष दुईमा रहेका मच्छिन्द्र क्लब र मनाङ मर्स्याङदी क्लबमाथि दबाब कायम राख्न चाहन्छ ।

सातौ चरणको समाप्तीमा १७ अंकसहित शीर्ष स्थान पक्का गरेको मच्छिन्द्रले एएफसी कप छनोटमा स्थान पक्का गरेको थियो । मनाङ भने समान खेलमा १६ अंकसहित दोस्रो स्थानमा छ । संकटाले सात खेलमा १३ अंक जोडेको छ । 

त्यसैले पछिल्लो खेलमा लय गुमाएको सातदोबाटोमाथि संकटा सहज जितसहित शीर्ष स्थानको टालीसँगको दुरी एक अंकमा झार्ने लक्ष्यमा हुनेछ । तर रक्षक अर्नेस्टो खुटटको चोटका कारण टोलीबाट बाहिरिए पछि भने आफूहरु केही दबाबमा रहेको प्रशिक्षक राजुकमार केसी बताउँछन् ।

‘रक्षक अर्नेस्टो घाइते भएकाले हामीलाई केही घाटा त हुनसक्छ तर सातदोबाटोका स्टइकर अजइ मार्टिन्स पनि दुई पहेँलो कार्डको निलम्बनमा रहेकाले हाम्रो रक्षापत्तिले केही राहत महसुस गर्ने विश्वास छ’, केसीले भने ।

सातादोबाटोले भने लिगमा उत्कृष्ट सुरुआतका बाबजुद पछिल्लो चार खेलमा स्वभाविक लय भेट्टाउन सकेको छैन ।

सातादोबाटोका प्रशिक्षक सुरज महर्जनले आफूहरुले पछिल्लो केही खेलमा लय गुमाएको र संकटाविरुद्धको खेलबाट टोली लयमा फर्कने विश्वास व्यत्त गरे ।

‘हामीले राम्रो सुरुआत गरे पनि टोलीले पछिल्ला केही खेलहरुमा लगातार अंक गुमाउँदै आएको छ, महर्जनले भने, हामीले नराम्रो खेलेका होइनौ तर पनि नतिजा हाम्रो पक्षमा आउन सकेको छैन । सोमबार हिमालयन शेर्पाविरुद्धको हारले टोलीमाथि दबाब थपिएको छ । त्यसैले सुखद नतिजासहित दबाब कम गर्न चाहन्छौ ।’

सातदोबाटो आठ अंकसहित आठौं स्थानमा छ । सातदोबाटोले सात खेलमा दुई जित, दुई बराबरी र तीन हार व्यहोरेको छ ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।