भाद्र १७, २०८२ बुधबार | २०:४१:१०
एनआरटी राष्ट्रिय लिग नजिक, चर्च ब्वाइजलाई हराउँदै राप्ती उक्लियो शीर्ष स्थानमा फुटबलर्स मिसन टुगेदरको खेलाडी कल्याणकारी कोषमा ५१ हजार सहयोग हाम्जा चौधरी नेपाल नआउने पक्का नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली घोषणा एएफसी यु-२३ एसियन कप छनोटः सुखद सुरुआतको लक्ष्यमा नेपाल विभिन्न खेलका पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर उसुलाई नेपाली खेलप्रेमीमाझ लोकप्रिय बनाउने विजयको चाहना संकटा राष्ट्रिय लिगका लागि छनोट नेपालको डिभिजन फुटबल क्लब बिक्रीमा भए किन्छुः प्रदीप हुमागाईं माल्दिभ्समा हुने अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगितामा ६ नेपाली खेलाडी एनआरटी राष्ट्रिय लिग नजिक, चर्च ब्वाइजलाई हराउँदै राप्ती उक्लियो शीर्ष स्थानमा फुटबलर्स मिसन टुगेदरको खेलाडी कल्याणकारी कोषमा ५१ हजार सहयोग हाम्जा चौधरी नेपाल नआउने पक्का नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली घोषणा एएफसी यु-२३ एसियन कप छनोटः सुखद सुरुआतको लक्ष्यमा नेपाल विभिन्न खेलका पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर उसुलाई नेपाली खेलप्रेमीमाझ लोकप्रिय बनाउने विजयको चाहना संकटा राष्ट्रिय लिगका लागि छनोट नेपालको डिभिजन फुटबल क्लब बिक्रीमा भए किन्छुः प्रदीप हुमागाईं माल्दिभ्समा हुने अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगितामा ६ नेपाली खेलाडी

एनआरटी राष्ट्रिय लिग नजिक, चर्च ब्वाइजलाई हराउँदै राप्ती उक्लियो शीर्ष स्थानमा

काठमाडौं । बुटवल लुम्बिनी एफसीमाथि २-० को जित हासिल गर्दै न्युरोड टिम (एनआरटी) एन्फा राष्ट्रिय लिगको छनोट नजिक पुगेको छ ।

समूह ‘बी’अन्तर्गत च्यासल मैदानमा सम्पन्न खेलमा एनआरटीलाई जित दिलाउन जुना तामाङ र प्रतीक्षा चौधरीले गोल गरे । जितसँगै एनआरटीले पाँच खेलमा १२ अंक जोड्दै दोस्रो स्थानमा आफ्नो पकडलाई बलियो बनाएको छ ।

समूह ‘बी’बाट संकटा एफसी यसअघि नै राष्ट्रिय लिगमा छनोट भइसकेको छ । छैटौं चरणको खेलमा तेस्रो स्थामा रहेको झापा एफसीले बराबरी गरेको खण्डमा एनआरटी यो समूहबाट राष्ट्रिय लिगमा छनोट हुने दोस्रो टोली बन्नेछ । ५ खेलबाट झापाले ९ अंक जोडेको छ ।

चर्च ब्वाइज स्तब्ध

राष्ट्रिय लिगमा छनोट हुन एक अंक आवश्यक रहेको अवस्थामा चर्च ब्वाइज युनाइटेडले बुधबार दिनको पहिलो खेलमा राप्ती फुटबल क्लबविरुद्ध २-१ को अप्रत्याशित हार बेहोरेको छ ।

चर्च ब्वाइजलाई हराउन राप्तीका लागि मनिषा सेनले गोल गरे । एक गोल राप्तीले आत्मघाती उपहार प्राप्त गर्यो । चर्च ब्वाइजका लागि माया मास्केले गरेको गोल सान्त्वना बन्यो ।

चर्च ब्वाइजसँगको जितसँगै राप्ती शीर्ष स्थानमा उक्लिएको छ । ६ खेलमा राप्तीले १३ अंक जोडेको छ । एक खेल कम खेलेको आरएस रिसोर्ट एण्ड बीच फुटबलको समान १२ अंक छ ।

चर्च ब्वाइजले अन्तिम तथा निर्णायक खेलमा शनिबार छहारी युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । १० अंकका साथ चौथो स्थानमा रहेको छहारीलाई जितबाहेक अन्य विकल्प छैन ।

 


भिडियो
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS
Private video
यो पालि Title जोगाउन चुनाैति छ ll Head Coach ll Kumar Rai ll Karnali Yashvis