काठमाडौं । यही सेप्टेम्बर ६ र ९ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको अन्तिम टोली घोषणा भएको छ ।
बंगलादेश फुटबल महासंघ (बिएफएफ)ले बुधबार काठमाडौं प्रस्थान गर्नुअघि फेसबुकमार्फत २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।
मुख्य प्रशिक्षक जाभियर काब्रेराको नेतृत्वमा रहेको बंगलादेशी टोली राति ८ः३० बजे त्रिभुवन विमानस्थल अवतरण हुने तालिका रहेको छ । यसअघि टोली दिउँसो ३ बजे आउने भनिएको थियो ।
बंगलादेशको टोली
मोहम्मद सुजोन होसेन, मोहम्मद मेहेदी हसन, मोहम्मद रहमत मिया, तोपु बरमान, मोहम्मद रिडोय, जमल भुयाँ, मोहम्मद ताज उदीन, आरिफ होसेन, मोहम्मद शहरियर इमोन, रकीब होसेन, मोहम्मद फोयसल एहमद फहीम, मोहम्मद अब्दुल्ला ओमार, मितुल मार्मा, तरीक रैहान काजी, पपोन सिंह, मोहम्मद सोहल राना, सोहेल राना, मोहम्मद इजा फैजल, मोहम्मद इब्राहिम, सुमोन रेजा, सयद शाह क्वाजेम, किर्मानी, मोहम्म्द साद उदीन, मोहम्मद पप्पु होसेन