चैत्र १८, २०८२ बुधबार | ०८:२८:०३
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

पहिलो हाफमा थ्री स्टारलाई अग्रता

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबारको पहिलो खेलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा थ्री स्टारका लागि आयुष घलान र ऋतिक कुमार खड्काले समान एक गोल गरे । 

सातौ मिनेटमा आयुषले थ्री स्टारको लागि गोल खाता खोलेका थिए । आयुषले संजोग राईको पासलाई जाली चुमाएका थिए । 

त्यसको दुई मिनेटपछि नै जावलाखेलले खेलमा फर्कने अवसर पाए पनि त्यसको सदुपयो गर्न सकेन । ओनगुना जुनियर थ्री स्टारका गोलकिपर प्रिसोसँग वान भर्सेस वानमा गोल गर्न चुके । 

२५औं मिनेटमा संजोगकै पासमा ऋतिकले गोल गर्दै थ्री स्टारको अग्रता दोब्बर पारेका थिए ।

त्यसको तीन मिनेटपछि जावलाखेलका निकोलस फर्नान्डेजको प्रहारमा क्रस बार बाधक बन्यो । 

इन्जुरी समयमा जावलाखेलका लोइच एनजिमीले गरेको प्रहार प्रिसोले उत्कृष्ट बचाउ गरे ।

थ्री स्टार ६ खेलमा सात अंकसहित आठौं स्थानमा छ भने समान खेलमा सात अंक बटुलेको जावलाखेल नवौं स्थानमा छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो