चैत्र १४, २०८२ शनिबार | ०१:४७:५३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

एएफसी कप छनोट सम्भावना कायम राख्ने लक्ष्यमा मनाङ,संकटा र थ्री स्टार पनि जितको खोजीमा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार सातौ चरणअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुर डर्बीमा थ्री स्टार क्लब र जावलाखेल युथ क्लब भिड्दैछन् ।

थ्री स्टार क्लब लगातारको जितविहिन यात्रामा पूर्णविराम लगाउ चाहन्छ । थ्री स्टार ६ खेलमा सात अंकसहित आठौं स्थानमा छ ।

त्यसैले थ्री स्टार जावलाखेलविरुद्ध तीन अंक जोड्दै अंक तालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छ । 

थ्री स्टार पछिल्लो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । 

लिगमा लगातार चार खेल गुमाए पनि चौथो खेलबाट अंक खाता खोलेको जावलाखेल आफनो उत्कृष्ट लय कायम राख्न चाहन्छ ।

पाँचौ चरणमा च्यासल युथ क्लबलाई हराएको जावलाखेलले छैटौं चरणमा सातदोबाटो युथ क्लबलाई हराएको थियो । 

लिग अन्तर्गत शनिबार नै मनाङ मर्स्याङदीले  घरेलु मैदानको रुपमा रहेको पोखरा रंगशालामा ब्रिगेड ब्वाइज क्लबको सामना गर्दैछ । 
६ खेलमा १३ अंकसहित दोस्रो स्थानमा बसेको मनाङ शीर्ष स्थानमा बस्दै लिग च्याम्पियनको हैसियतमा एएफसी कप छनोट खेल्ने सम्भावना जीवित राख्न चाहन्छ ।

छैटौ चरणमा मच्छिन्द्र फुटबल क्लबलाई नतिजा सुम्पिएपछि दोस्रो स्थानमा झरेको मनाङलाई ब्रिगेडमाथि सहज जित मात्र पनि एएफसी कप छनोट खेल्नका लागि पर्याप्त हुँदैन । १४ अंकका साथ शीर्ष स्थानमा बसेको मच्छिन्द्रले आइतबार नेपाल पुलिस क्लबविरुद्ध अंक बाँडेको अथवा हारेको कामना गर्नुपर्नेछ ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा संकटा क्लब च्यासलको सामना गर्दा अपराजित यात्रा निरन्तरता दिने लक्ष्यमा हुनेछ । 

संकटा ६ खेलमा १२ अंकसहित तेस्रो स्थानमा छ । च्यासलमाथिको जितले संकटा दोस्रो स्थानमा उक्लिनेछ ।

१३औं स्थानको च्यासल भने संकटाविरुद्ध तीन अंक जोड्दै रेलिगेशन क्षेत्रबाट माथि उठ्ने लक्ष्यमा हुनेछ ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो