माघ ११, २०८२ आइतबार | ०१:४९:४९
इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य

एएफसी कप छनोट सम्भावना कायम राख्ने लक्ष्यमा मनाङ,संकटा र थ्री स्टार पनि जितको खोजीमा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार सातौ चरणअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुर डर्बीमा थ्री स्टार क्लब र जावलाखेल युथ क्लब भिड्दैछन् ।

थ्री स्टार क्लब लगातारको जितविहिन यात्रामा पूर्णविराम लगाउ चाहन्छ । थ्री स्टार ६ खेलमा सात अंकसहित आठौं स्थानमा छ ।

त्यसैले थ्री स्टार जावलाखेलविरुद्ध तीन अंक जोड्दै अंक तालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छ । 

थ्री स्टार पछिल्लो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । 

लिगमा लगातार चार खेल गुमाए पनि चौथो खेलबाट अंक खाता खोलेको जावलाखेल आफनो उत्कृष्ट लय कायम राख्न चाहन्छ ।

पाँचौ चरणमा च्यासल युथ क्लबलाई हराएको जावलाखेलले छैटौं चरणमा सातदोबाटो युथ क्लबलाई हराएको थियो । 

लिग अन्तर्गत शनिबार नै मनाङ मर्स्याङदीले  घरेलु मैदानको रुपमा रहेको पोखरा रंगशालामा ब्रिगेड ब्वाइज क्लबको सामना गर्दैछ । 
६ खेलमा १३ अंकसहित दोस्रो स्थानमा बसेको मनाङ शीर्ष स्थानमा बस्दै लिग च्याम्पियनको हैसियतमा एएफसी कप छनोट खेल्ने सम्भावना जीवित राख्न चाहन्छ ।

छैटौ चरणमा मच्छिन्द्र फुटबल क्लबलाई नतिजा सुम्पिएपछि दोस्रो स्थानमा झरेको मनाङलाई ब्रिगेडमाथि सहज जित मात्र पनि एएफसी कप छनोट खेल्नका लागि पर्याप्त हुँदैन । १४ अंकका साथ शीर्ष स्थानमा बसेको मच्छिन्द्रले आइतबार नेपाल पुलिस क्लबविरुद्ध अंक बाँडेको अथवा हारेको कामना गर्नुपर्नेछ ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा संकटा क्लब च्यासलको सामना गर्दा अपराजित यात्रा निरन्तरता दिने लक्ष्यमा हुनेछ । 

संकटा ६ खेलमा १२ अंकसहित तेस्रो स्थानमा छ । च्यासलमाथिको जितले संकटा दोस्रो स्थानमा उक्लिनेछ ।

१३औं स्थानको च्यासल भने संकटाविरुद्ध तीन अंक जोड्दै रेलिगेशन क्षेत्रबाट माथि उठ्ने लक्ष्यमा हुनेछ ।

 

 

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate