चैत्र १८, २०८२ बुधबार | १६:२७:२४
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै

पहिलो हाफमा एपिएफ र आर्मीको बराबरी

काठमाडौं ।  सहिद स्मारक ए डिभिजन लिगको सातौं चरणको पहिलो खेलमा अहिले विभागीय प्रतिद्वन्दी एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा भैरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफ सकिँदा दुबै टोलीले गोलका केही अवसर पाए पनि त्यसलाई पोस्टको दिशा भने दिन सकेका छैनन् ।

आर्मी जर्ज प्रिन्स कार्की, भरत खवास र एपीएफमा आशिष लामा पहिलो हाफमा गोल गर्न असफल भए ।

नवौं मिनेटमा आर्मीका कप्तान भरत खवासले बक्स बाहिरबाट हानेको स्लो एयरबल एपिएफका गोलरक्षक याया कुरियामाले विफल पारेका थिए ।

२० औं मिनेटमा जगजित श्रेष्ठको कर्नरमा जर्ज प्रिन्स कार्कीको पावर हेड दोस्रो बार नजिकबाट बाहिरियो ।

३८ औं मिनेटमा एपीएफले अग्रता दिने सुनौलो अवसर गुमायो । स्ट्राइकर आशिष लामाले आर्मीका गोलरक्षक विकेश कुथुसँग वान भर्सेस वानमा गोल गर्न चुके ।

आज एपिएफ दोस्रो जितको खोजीमा छ । ६ खेलबाट पाँच अंक सहित एपीएफ ११ औं स्थानमा छ । यता, आर्मी तेस्रो जित निकाल्ने दाउमा छ । ६ खेलबाट १० अंकको आर्मी चौथो स्थानमा छ ।

आजको जितले आर्मी तेस्रो स्थानमा उक्लने छ भने एपीएफ सातौं स्थानमा उक्लने छ ।