माघ १८, २०८२ आइतबार | ११:४२:१०
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

पहिलो हाफमा एपिएफ र आर्मीको बराबरी

काठमाडौं ।  सहिद स्मारक ए डिभिजन लिगको सातौं चरणको पहिलो खेलमा अहिले विभागीय प्रतिद्वन्दी एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा भैरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफ सकिँदा दुबै टोलीले गोलका केही अवसर पाए पनि त्यसलाई पोस्टको दिशा भने दिन सकेका छैनन् ।

आर्मी जर्ज प्रिन्स कार्की, भरत खवास र एपीएफमा आशिष लामा पहिलो हाफमा गोल गर्न असफल भए ।

नवौं मिनेटमा आर्मीका कप्तान भरत खवासले बक्स बाहिरबाट हानेको स्लो एयरबल एपिएफका गोलरक्षक याया कुरियामाले विफल पारेका थिए ।

२० औं मिनेटमा जगजित श्रेष्ठको कर्नरमा जर्ज प्रिन्स कार्कीको पावर हेड दोस्रो बार नजिकबाट बाहिरियो ।

३८ औं मिनेटमा एपीएफले अग्रता दिने सुनौलो अवसर गुमायो । स्ट्राइकर आशिष लामाले आर्मीका गोलरक्षक विकेश कुथुसँग वान भर्सेस वानमा गोल गर्न चुके ।

आज एपिएफ दोस्रो जितको खोजीमा छ । ६ खेलबाट पाँच अंक सहित एपीएफ ११ औं स्थानमा छ । यता, आर्मी तेस्रो जित निकाल्ने दाउमा छ । ६ खेलबाट १० अंकको आर्मी चौथो स्थानमा छ ।

आजको जितले आर्मी तेस्रो स्थानमा उक्लने छ भने एपीएफ सातौं स्थानमा उक्लने छ । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।