जेष्ठ ३१, २०८२ शुक्रबार | ०९:०६:२०
थोमस फ्र्यांक टोटनहमको मुख्य प्रशिक्षक अस्ट्रेलिया २१८ रनले अगाडि बिली जिन किङ कपमा नेपाल सहभागी हुने उसुमा बागमतीलाई चार स्वर्ण एनएसजेएफको नवनिर्वाचित कार्यसमितिलाई एन्फाको स्वागत उपाधिका लागि बागमती र मधेश भिड्ने नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग शृंखला खेल्ने साफ यु-२० महिला च्याम्पियनसिपः नेपालले पहिलो खेलमा भुटानको सामना गर्ने राष्ट्रपति रनिङ सिल्डमा बिहीबार चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान मेलम्चीकाे विजयी सुरुआत थोमस फ्र्यांक टोटनहमको मुख्य प्रशिक्षक अस्ट्रेलिया २१८ रनले अगाडि बिली जिन किङ कपमा नेपाल सहभागी हुने उसुमा बागमतीलाई चार स्वर्ण एनएसजेएफको नवनिर्वाचित कार्यसमितिलाई एन्फाको स्वागत उपाधिका लागि बागमती र मधेश भिड्ने नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग शृंखला खेल्ने साफ यु-२० महिला च्याम्पियनसिपः नेपालले पहिलो खेलमा भुटानको सामना गर्ने राष्ट्रपति रनिङ सिल्डमा बिहीबार चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान मेलम्चीकाे विजयी सुरुआत

नेपाल आइपुगिन् कप्तान अञ्जिला

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बा बिहीबार नेपाल आइपुगेकी  छन् ।

व्यवसायी फुटबलका लागि ग्रिस पुगेकी अञ्जिला सिजनको अन्त्यसँगै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुन आएकी हुन् । उनी शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी हुन् ।

उनको निस अट्रोमिटौबाट ग्रिक महिला ‘ए’ डिभिजन लिग खेलेकी थिइन् । अञ्जिालाको टोलीले २२ खेलमा पाँच जित चार बराबरी र १३ हारको नतिजासहित १९ अंकका साथ नवौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।

नेपाली महिला टोली अहिले थाइल्यान्डसँगको मैत्रीपूर्ण खेल र एएफसी महिला एसियन कप छनोटको तयारीमा छ ।

नेपालले मे ३० र जुन २ मा घरेलु टोली थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले एएफसी महिला एसियन कप छनोटको तयारीस्वरुप थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

छनोटको समूह ‘एफ’ मा नेपाल, लाओस, श्रीलंका र उज्वेकिस्तान छन् । 

नेपाली टोली
गोलकिपरः अञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना रानामगर, उषा नाथ

रक्षकः अमृता जैसी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई

मिडफिल्डरः अनिता बस्नेत, विमला चौधरी, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता रानामगर, सरस्वती हमाल, सुस्मा तामाङ

फरवार्डः सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल


भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?