चैत्र १४, २०८२ शनिबार | ०३:२६:११
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

इन्जुरीका कारण टोलीमा समस्या थपियोः टचेल

लन्डन । इङ्लिस प्रिमियर लिगमा ‍आइतबार एस्टन भिल्लामाथि पुनरागमन जितपछि चेल्सीका मुख्य प्रशिक्षक थोमस टचेलले आफ्नो टोली जितको हकदार भए पनि इन्जुरीका कारण समस्या भएको बताएका छन् । भर्खरै चोटमुक्त भएका मिडफिल्डर एनगोलो कान्टे र रक्षक थिएगो सिल्भा पूर्ण फिट नभएकाले टोलीमा समस्या देखिएको उनको संकेत थियो । 

‘हामीले पहिले गोल खाएपछि निकै राम्रो प्रदर्शन गर्यौं । आत्मघाती गोलका कारण खेल निकै जटिल बनेको थियो । तर, हामीले भिल्लालाई थप मौका दिएनौं । हामी जितका हकदार थियौं,’ टचेलले भने, ‘टोलीमा इन्जुरीले समस्या थपेको छ । जसको कारण क्यालम हडसन ओडोइलाई कोभिड १९ को संक्रमणबाट फर्किनासाथ पूरा ९० मिनेट खेलाउनु पर्यो । सिल्भा र कान्टे पू‌र्ण फिट छैनन् । माटेओ कोभासिच पनि कोभिड १९ को संक्रमण र इन्जुरीपछि प्रशिक्षण बिनै मैदान उत्रिए ।’

प्रिमियर लिगमा चेल्सीले आइतबार १-० ले पछि परेको अवस्था उल्टाउँदै भिल्लामाथि ३-१ को जित दर्ता गराएको थियो ।

टचेलले कोभिड १९ का कारण पाँच सब्स्टिच्युसनको नियम हटाउने प्रिमियर लिगको निणर्यप्रति निराशासम‌ेत पोखेका छन् ।

‘अहिले हामी कोभिड १९ को मारमा छौं । यसैकारण केही क्लबले खेल पछाडी सारेका छन्, केहीले छैनन् । खेलमा तीन परिवर्तन मात्रै गर्न पाइने भएपछि समस्या अझै जटिल बनेको छ, टचेलले भने ।

जितपछि १९ खेलबाट ४१ अंक जोडेको चेल्सी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो