वैशाख ६, २०८२ शनिबार | १६:२९:००
वर्षाका कारण निर्णायक खेल रद्द, अफगानिस्तान विश्वकपमा छनोट मैदानको कभर हट्यो लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म पाम लगातार सातौं पटक च्याम्पियन वर्षाका कारण निर्णायक खेल रद्द, अफगानिस्तान विश्वकपमा छनोट मैदानको कभर हट्यो लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म पाम लगातार सातौं पटक च्याम्पियन

लुम्बिनी कपले नयाँ स्टार जन्माउने अपेक्षा

प्रतियोगिता हुने नेपालगञ्ज रंगशाला ।

नेपालगञ्ज । शुक्रबारबाट नेपालगञ्ज रंगशालामा लुम्बिनी कप अन्तर्राष्ट्रिय आमान्त्रण महिला फुटबल सुरु हुँदैछ । प्रतियोगितामा नेपालका तीन विभागीय टोली, भारतको सिलगुडी फुटबल क्लबसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा यो प्रतियोगिता सन्चालन हुन लागेको हो । प्रतियोगिताले यस क्षेत्रमा रहेका महिलाहरूलाई राष्ट्रियस्तरका खेलाडीसँग एउटै मैदानमा खेल खेल्ने र आफ्नो कला प्रर्दशन गर्ने मौका प्रदान गर्दैछ । आफ्नै गाँउ ठाँउमा यस्तो अवसर पाएपछि बाँकेका खेलाडीहउत्साहित भएका छन् ।

नेपालगञ्ज-४ गणेशपुरकी उर्वसी शाही आजभोली फुटबल अभ्यासमा व्यस्त छिन् । उनी लुम्बिनी कपका लागि बाँके-११ को बन्द प्रशिक्षणमा छिन् ।  आफ्नै क्षेत्रमा राष्ट्रियस्तरका खेलाडीहरुसँग पहिलो पटक खेल खेल्ने मौका पाउदा उनी दंग छिन् ।

उर्वशीसँग यसअघि बाँके जिल्लाभित्र र जिल्लाबाहिर खेलेको केहि खेल अनुभव छ । यो प्रतियोगिताले यस क्षेत्रका किशोरीहरुमा आशा जगाएको बताउदै उनि भन्छिन् ‘सिक्दै गरेका बहिनीहरू र म जस्ता खेलाडीले आफ्नै ठाँउमा प्रतिष्ठित सिनियर खेलाडीसँग एउटै मैदानमा खेल्न पाउदैछौं। साथै उनीहरूको अगाडि आफ्नो क्षमता प्रदर्शन गर्न पाउने भएकाले म र हाम्रो टिम यो खेलका लागि उत्साहित भएका छौं।’

यो खेलबाट आफ्नो क्षमता सिनियर खेलाडी र खेलप्रेमीलाई देखाउने अवसर भएको बताउदै उनी आफ्नै ठाँउमा खेल हुँदा स्थानिय खेलाडिले स्थानियबाट साथ पनि अरु भन्दा बढी पाइने अपेक्षा सुनाउछिन् ।

उनी जस्तै यसक्षेत्रका अन्य महिला खेलाडी पनि यो प्रतियोगिताले उत्साहित भएको बताउछन् । स्थानिय तहले आयोजना गर्ने मेयर कप फुटबल प्रतियोगिता र अन्य प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडी छनोट गरेर जिल्ला फुटबल संघले लुम्बिनी कपमा खेल्नका लागि खेलाडी तयार गरिरहेको छ । मेयर कप फुटबलबाट छनोट भएर आएकी अर्की खेलाडी हुन् रेसा थारु ।

बर्दिया घर भएकी उनी हाल नेपालगञ्जमा बसेर अध्ययन गरिरहेकी छन् । उनी यु-१५ को राष्ट्रिय छनोटमा समेत परेकी थिइन । ‘गुरुहरूले  प्रशिक्षणमा आउनुपर्यो भन्नुभयो । यो अवसर पाएको छु यसलाई उपयोग गर्नुपर्छ’ थारु भन्छिन् ।

प्रशिक्षण बाँकेबाट लुम्बिनी कप खेल्ने खेलाडीको अन्तिम नामावली प्रकाशन हुने बाँके जिल्ला फुटबल संघले जनाएको छ । नेपालमा यतिबेला महिला फुटबलको लोकप्रियता बढीरहेको छ ।

यस्ता प्रतियोगिताले केहि किशोरीहरूले खेलमा आफ्नो भविष्य देख्न थालेका छन् । कक्षा ११ मा पढ्दै गरेकी बाँके बैजनाथकी १६ वर्षिया खेलाडी सविता चौधरीले फुटबलर बन्ने सपना देखेकी छन् । उनी नेपाली फुटबलर सावित्रा भण्डारीलाई पछ्याउदै आएको बताउछिन् ।

बाँके जिल्ला फुलबल संघका महासचिव कमल खत्री भने यो प्रतियोगिताले यस क्षेत्रका खेलाडीहरुको खेल कौशल हेर्न र राष्ट्रियस्तरका नयाँ पुस्ताका खेलाडी उत्पादन गर्न सघाउने बताउछन् ।

‘स्थानिय नयाँ खेलाडीका लागि यो सबैभन्दा उपयुक्त प्लेटफम हो । नेपालका चर्चित सिनियर खेलाडीसँग उनीहरुले खेल्ने अवसर पाउछन्’, महासचिव खत्रीले भने, ‘यसले उनीहरूमा आत्मविश्वास बढाउछ । यसका लागि पनि यो प्रतियोगिता महत्वपुर्ण छ । ’

नयाँ खेलाडी उत्पादका लागि यो यस्ता प्रतियोगिता महत्वपूर्ण रहेको खत्री बताउछन्,‘राम्रो खेल्ने खेलाडीलाई राष्ट्रिय जुनिएर टिममा राख्न सकिन्छ । राष्ट्रियस्तरको फुटबल टिमलाई बलियो बनाउने पनि नयाँ खेलाडी चाहिन्छ । यस्ता प्रतियोगिताबाटै नै स्टार खेलाडी जन्मिने हुन् । बाँकेका खेलाडीलाई बाहिर गएर खेल्दा धेरै खर्च लाग्छ । अहिले कम खर्चमा खेल्न पाउदैछन् । सिनियर खेलाडीलाई हेर्न पाउने, उनीहरुसँग खेल्न पाउने पनि यहाँका खेलाडीका लागि ठुलो अवसर हो ।’

निरु थापा, पूजा रानाजस्ता राष्ट्रिय खेलाडी जन्माइसकेको नेपालगञ्जले फेरी नयाँ पुस्ताका खेलाडी उत्पादन गर्ने अपेक्षा गरिएको छ ।


भिडियो
HIGHLIGHTS - TAFC VS SPFA II Lumbini Cup women's international invitation Football
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC