काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) काे बाँकी खेलका लागि दासुन शनाकालाई अनुबन्ध गरेको छ।
शनाकाले ग्लेन फिलिप्सको स्थान लिने छन् । यसअघि उनले सन् २०२३ मा गुजरातबाट खेलिसकेका छन् । यस सिजनमा टोलीले उनलाई ७५ लाख भारतीय रुपैयाँमा भित्र्याएको हो ।
शनाकाले अहिलेसम्म आइपिएलको एक सिजन मात्र खेलेका छन् । उनले तीन खेलमा २६ रन बनाएका छन् ।
सनराइजर्स हैदराबादविरुद्ध फिल्डिङ गर्दा फिल्डिङ गर्दा फिलिप्सको कम्मरमा चोट लागेको थियो ।
गुजरात हाल ६ खेलबाट चार जितसहित आठ अंक जाेडेर दोस्रो स्थानमा छ। गुजरातले शनिबार तालिकाको शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्ससँग खेल्नेछ।
भिडियो
HIGHLIGHTS - TAFC VS SPFA II Lumbini Cup women's international invitation Football
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC