काठमाडौं । नेपाल रग्बीले संघले यसै महिना हुने बंगलादेशसँगको शृंखलाका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ४२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
प्रतियोगिता बैशाख २० देखि २२ गतेसम्म घरेलु भूमिमै हुनेछ ।
संघले भर्खरै सम्पन्न राष्ट्रिय फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा खेलाडी छानिएको जानकारी दियो ।
संघका अनुसार प्रशिक्षण भक्तपुर र ललितपुरमा हुनेछ । पहिलो चरणको प्रशिक्षण आइतबारदेखि भक्तपुरको सल्लाघारी मैदानमा हुनेछ ।
टोलीलाई श्रीलंकाका लियोनार्ड डे जिल्वाले प्रशिक्षण दिने छन् ।
बन्द प्रशिक्षणमा रहेका खेलाडी
अनिल माझी, अनिश श्रेष्ठ, अंकित केसी, विवेश बसु, विकास रानामगर, विक्रम पुरी, विजय खड्का, विराट श्रेष्ठ, विष्णु खड्का, धनबहादुर जर्गा, दीपेन्द्र आचार्य, गणेश बानियाँ, जुकेन्द्र राई, दीपेन्द्र चौधरी, मधेश विष्ट, मनोज ताम्राकार, मधु रोक्का मगर, कपिल सापकोटा, कपिल ठकुरी, मशेस सुनवार, मिलन थापा, मोहम्मद हुसेन, मोसेस कुमाल, नविन दर्लामीमगर, नवीन महर्जन, निरोज कार्की, प्रमेश चौधरी, रमितबहादुर मल, रोहन डंगोल, रोशन बम्जन, सञ्जय अधिकारी, सन्दीप राई, सरोज कपाली, श्रीराम श्रेष्ठ, सुजन कुमाल, सुमन कटवाल, यदु अधिकारी