काठमाडौं । रियाल मड्रिडले युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा आर्सनलविरुद्ध लज्जास्पद हार बेहोरेको छ । मंगलबार राति भएको खेलमा आर्सनल घरमै ३–० ले विजयी भयो ।
आर्सनलको लागि डिक्लेन राइसले दुई तथा माइकल मेरिनोले एक गोल थपेका थिए । खेलको अन्त्यतिर रियाल १० खेलाडीमा सिमित बन्यो । इडुआर्डाे कामाभिन्गाले रातो कार्ड पाएका थिए ।
यो हारपछि रियाललाई दोस्रो लेगमा भने मौका छ । तर, त्यसका लागि तीनै गोल निकाल्नुपर्ने हुन्छ । दोस्रो लेग अप्रिल १७ मा रियालको घर साान्तियागो बर्नाबेउमा हुने तालिका छ ।
आर्सनलको इमिरेट्स मैदानमा ६० हजार समर्थकमाझ पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफमा तीनै गोल सम्भव भए । ५६औं मिनेटमा राइसले गोल गरे । ७०औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेका हुन् । ७५औं मिनेटमा मेरिनोले तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् ।
१५ पटकको च्याम्पियन रियाल भने खेलमा कुनै पनि समय फर्किन सकेन ।