माघ १८, २०८२ आइतबार | १०:५१:३६
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

अस्ट्रेलियाको सहज जित

काठमाडौं । अस्ट्रेलियाले फिफा विश्वकप एसिया छनोटको तेस्रो चरणमा इन्डोनेसियाविरुद्ध ५-१ को सहज जित दर्ता गरेको छ ।

जितसँगै सात खेलमा १० अंक जोडेको अस्ट्रेलिया समूह ‘सी’ को दोस्रो स्थानमा छ । पराजित इन्डोनेसिया समान खेलबाट ६ अंकका साथ पाँचौं स्थानमा छ  ।

बिहीबार मोर पार्कस्थित एलियान्ज रंगशालामा घरेलु टोली अस्ट्रेलियालाई जित दिलाउन ज्याक्सन इरभाइनले दुई तथा मार्टिन बोयल, निशान भेलुपिले र लुइस मिलरले समान एक गोल गरे। इन्डोनेसियाका लागि ओले रोमेनीले गोल फर्काए ।

खेलको आठौं मिनेटमा केभिन डिक्स पेनाल्टीमा चुक्दा इन्डोनेसियाले अग्रता लिने सुनौलो अवसर गुमायो । १० मिनेटपछि बोयलको गोलमार्फत अस्ट्रेलियाले अग्रता लियो ।

भेलुपिलेले २०औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । ३४औं मिनेटमा इरभाइनले गोल गर्दा अस्ट्रेलिया ३-० ले अगाडि बढ्यो ।

मिलले ६१औं मिनेटमा अस्ट्रेलियाका लागि चौथो गोल गरे । ७८औं मिनेटमा रोमेनीले गरेको गोल इन्डोनेसियाका लागि सान्त्वना बन्यो ।

इरभाइनले ९०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अस्ट्रेलियालाई ५-१ को सानदार जित दिलाए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।