काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबविरुद्ध १-० को कठिन जित निकाल्दै मछिन्द्र फुटबल क्लब पाँचौं मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार काँकरभिट्टा माध्यमीक विद्यालयको खेल मैदानमा सम्पन्न चाैथाे तथा अन्तिम क्वार्टरफाइनलमा विदेशी खेलाडी युसुफ मलिकले गरेको एकमात्रै गोल मछिन्द्रलाई जित दिलाउन पर्याप्त बन्यो । उनले पहिलो हाफको इन्जुरी समयमा स्टेफन कामाहको क्रसलाई वान टचमै पोस्टको दिशा दिएका थिए ।

यससँगै प्रतियोगिताको समेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा मछिन्द्र चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ ।
चर्च ब्वाइजले झापा एफसीलाई सडन डेथमा ५-४ ले पारजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।
अर्को सेमिफाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिस सेन्टर र धरान एफसी प्रतिस्पर्धा गर्नेछन् ।

काँकरभिट्टाले भारतको जर्जियन एफसीलाई ४-२ तथा धरानले उज्केकिस्तानको ब्ल्याक बुल्स एफसीलाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै सेमिफाइनमा स्थान बनाएका थिए ।