स्पेनिस ला लिगा

अग्रता फराकिलो पार्दै रियाल

मड्रिड । करिम बेन्जेमाको दुई गोलप्रेरित रियाल मड्रिडले बुधबार एथ्लेटिको  बिलबाओलाई २-१ ले पराजित गर्दै स्पेनिस ला लिगामा शीर्ष स्थानको अग्रता पुनः आठ अंकका पुर्याएको छ ।

चौंथो मिनेटमा बेन्जेमाले गरेको गोलमा रियालले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै बेन्जेमाले रियालको अग्रता दोब्बर पारे । 

१०औं मिनेटमा ओहान सान्चिटले गरेको गोलमा बिलबाओले खेलमा फर्कने संकेत गरेपनि त्यो पर्याप्त भएन । 

रियाल १९ खेलमा ४७ अंकसहित शीर्ष स्थानमा छ,जुन एक खेल कम खेल्दै दोस्रो स्थानमा बसेको सेभिया भन्दा आठ अंक बढी हो ।

सेभियाले मंगलबार बार्सिलोनासँग १-१ को बराबरी खेलेपछि रियालसँगको अंकदुरी घटाउने अवसर गुमाएको थियो ।

पछिल्लो खेलमा रियाल काडिजसँग गोलरहित बराबरीमा रोकिएको थियो ।