फाल्गुन १, २०८१ बिहीबार | ०५:२४:५९
टाइम्स ‘ए’ ले जित्यो अन्तर्राष्ट्रिय थ्री बाइ थ्री बास्केटबलको उपाधि इङ्ल्यान्डविरुद्ध भारतको ‘क्लिन स्विप’ सद्भावको अग्रता कायमै पहिलो एकदिवसीयमा श्रीलंका विजयी मेयर कपको सेमिफाइनल समीकरण पूरा पुलिस उपाधि नजिक थ्री स्टारको सहज जितमा सिर्जन श्रेष्ठको उत्कृष्ट प्रदर्शन अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाल आइपुगिन् अञ्जिला क्लो केली इङ्लिस टोलीबाट बाहिर चोटका कारण बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने टाइम्स ‘ए’ ले जित्यो अन्तर्राष्ट्रिय थ्री बाइ थ्री बास्केटबलको उपाधि इङ्ल्यान्डविरुद्ध भारतको ‘क्लिन स्विप’ सद्भावको अग्रता कायमै पहिलो एकदिवसीयमा श्रीलंका विजयी मेयर कपको सेमिफाइनल समीकरण पूरा पुलिस उपाधि नजिक थ्री स्टारको सहज जितमा सिर्जन श्रेष्ठको उत्कृष्ट प्रदर्शन अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाल आइपुगिन् अञ्जिला क्लो केली इङ्लिस टोलीबाट बाहिर चोटका कारण बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने

रश्मी चम्किँदा एपिएफ फाइनलमा

एन्फा राष्ट्रिय लिगको पहिलो क्वालिफायरमा त्रिभुवन आर्मीविरुद्ध एपिएफकी रश्मी कुमारी घिसिङ, तस्विरः सरोज सापकोटा/खेलाडी

काठमाडौं । त्रिभुवन आर्मी क्लबमाथि पुनरागमन जित हासिल गर्दै एपिएफ क्लब एन्फा राष्ट्रिय लिग २०२४–२५ को फाइनलमा प्रवेश गरेको छ ।

शनिबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न पहिलो क्वालिफायरमा एपिएफले आर्मीलाई २–१ गोल अन्तरले पराजित गर्यो । एक गोलले पछाडि रहेको स्थितिमा स्ट्राइकर रश्मीकुमारी घिसिङले १० मिनेटमा दुई गोल गर्दा एपिएफले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

एपिएफले अब फाइनलमा आर्मी र नेपाल पुलिसबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल माघ १६ गते बुधबार हुनेछ । यसअघि सोमबार आर्मीले दोस्रो क्वालिफायरमा पुलिसको सामना गर्नेछ ।

एन्फा राष्ट्रिय लिगको पहिलो क्वालिफायरमा त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब प्रतिस्पर्धा गर्दै, तस्विरः सरोज सापकोटा/खेलाडी

आर्मीले हिमा चौधरीको गोलमार्फत खेलको सातौं मिनेटमै अग्रता लिएको थियो । विमला विकको फ्रिकिक अवसरलाई सदुपयोग गरेकी हिमाले एपिएफकी गोलकिपर सावित्री किसनको गल्तीको फाइदा उठाउँदै सहज गोल गरिन् ।

एपिएफले खेलको ७७औं मिनेटमा बराबरी गोल फर्कायो । निशा थोकरको पासलाई नियन्त्रण गर्ने क्रममा विमलाले गल्ती गर्न पुगिन्, जसको फाइदा रश्मीले उठाइन् । गोलकिपर अञ्जना रानामगर अगाडि आएको फाइदा उठाएकी रश्मीले सहज गोल गरिन् । १० मिनेटपछि एपिएफले काउन्ट आक्रमणमा दोस्रो गोल गर्यो । यसपालि रश्मीले प्रीति राईको पासलाई सदुपयोग गरिन् । लिगमा रश्मीको यो ३५औं गोल हो ।

जितसँगै एपिएफले लिगमा अपराजित यात्रालाई कायमै राखेको छ । एपिएफविरुद्ध लिगमा आर्मीको यो चौथो हार हो ।


भिडियो
प्रदर्शन राम्रो नभए सिनियर खेलाडी टिममा रहँदैनन्ः Rajendra Tamang
दर्शक धेरै हुनु हाम्रो लागि राम्रो कुरा होः Renuka Nagarkote
युरोपमा खेलेपछि अझै आत्मविश्वास बढेको छ : Anjila Tumbapo Subba @anjilatumbaposubba
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन