माघ २३, २०८१ बुधबार | ०९:५०:०९
शीर्षस्थानमा उक्लियो अल हिलाल नेपाल ओलम्पिक कमिटीको निवार्चनले पाएन आइओसी र एओसीबाट मान्यता पिएसजी फ्रेन्च कपको क्वार्टरफाइनलमा सहज जित निकाल्दै एट्लेटिको सेमिफाइनलमा नेदरल्यान्ड्सको सामना गर्दै नेपाल एसी मिलान पुगे जाेआओ फेलिक्स अन्तरविद्यालय फुटबलः अमरकान्ति, बुद्ध, सांग्रीला र एभेरेस्ट क्वार्टरफाइनलमा डिसिए धनगढी लगातार दोस्रो खेलमा विजयी आयोजक टोलीलाई हराउँदै पुलिस क्वार्टरफाइनलमा लगातार तेस्रो जितसँगै महावीर सेमिफाइनलमा शीर्षस्थानमा उक्लियो अल हिलाल नेपाल ओलम्पिक कमिटीको निवार्चनले पाएन आइओसी र एओसीबाट मान्यता पिएसजी फ्रेन्च कपको क्वार्टरफाइनलमा सहज जित निकाल्दै एट्लेटिको सेमिफाइनलमा नेदरल्यान्ड्सको सामना गर्दै नेपाल एसी मिलान पुगे जाेआओ फेलिक्स अन्तरविद्यालय फुटबलः अमरकान्ति, बुद्ध, सांग्रीला र एभेरेस्ट क्वार्टरफाइनलमा डिसिए धनगढी लगातार दोस्रो खेलमा विजयी आयोजक टोलीलाई हराउँदै पुलिस क्वार्टरफाइनलमा लगातार तेस्रो जितसँगै महावीर सेमिफाइनलमा

अञ्जिलाले ग्रिसको लिग खेल्ने अनुमति पाइन्

फाइल तस्विर

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बाले ग्रिसको निस अट्रोमिटौबाट लिग खेल्ने अनुमति पाएकी छन् ।

गत भदौमा अनुबन्ध भए पनि अञ्जिाला मंसिरमा टोलीसँग जोडिएकी थिइन् । अञ्जिलालाई ग्रिस महिला ‘ए’ लिग क्लबको अट्रोमिटौले सिजन २०२४(२५ को लागि अनुबन्ध गरेको हो । सम्झौता रकम भने गोप्य राखिएको छ ।

अनुमति प्राप्त गरेसँगै अञ्जिलाले शनिबार हुने ओएफआइविरुद्ध खेल्ने सम्भावना छ । ‘शुक्रबार पत्र आएसँगै लिग खेल्न अनुमति पाएको छु,' अन्जिलाले भनिन्, ‘कागजपत्र नमिलेपछि निरन्तर अभ्यासमा थिए । युरोपमा डेब्यु गर्न तयार छु ।

अञ्जिाल सम्मिलित अट्रोमिटौ १० खेलमा दुई जितका साथ ९ अंक जोडेर लिगको नवौं स्थानमा छ । ओएफआइ समान खेलबाट १९ अंकका साथ चौथो स्थानमा छ ।

अञ्जिला पहिलो पटक एसिया बाहिरको लिग खेल्दैछिन् ।

यसअघि अञ्जिलाले भारत र पाकिस्तानको लिग खेलेकी थिइन् । उनले भारतको सेथु एफसीमा दुई र पाकिस्तानको मासा युनाइटेडमा एक सिजन बताइन् । अञ्जिला दुवै टोलीको कप्तान थिइन् ।

विभागीय टोली एपिएफ क्लबमा आबद्ध अञ्जिला स्ट्राइकर सावित्रा भण्डारीपछि युरोपको लिग खेल्ने दोस्रो नेपाली खेलाडी बन्दै छिन् ।


भिडियो
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE