इटालियन सिरी ए

नेपोली दोस्रो स्थानमा

मिलान । एसी मिलानलाई १-० ले पराजित गर्दै नेपोली आइतबार इटालियन सिरी ए को दोस्रो स्थानमा उक्लिएको छ । 

शीर्ष स्थानमा रहे पनि पछिल्ला केही खेलहरुमा लगातार खराब प्रदर्शनपछि नेपोली तेस्रो स्थानमा झरेको थियो । यस क्रममा नेपोलीले एट्लान्टा र इम्पोलीलाई नतिजा सुम्पिएको थियो ।

पाँचौ मिनेटमा एलजेफ एलमासले गरेको गोल नेपोलीका लागि तीन अंक जोड्न पर्याप्त बन्यो ।

१८ खेलको समाप्तीमा नेपोली ३९ अंकसहित दोस्रो स्थानमा उक्लिएको हो । समान खेलमा समान ३९ अंक जोडेको मिलान तेस्रो स्थानमा छ । साविक विजेता इन्टर मिलान ४३ अंकसहित शीर्ष स्थानमा छ  ।