काठमाडौं । अविनाश वाइबाको उत्कृष्ट प्रदर्शनप्रेरित विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा यु-१६ युथ लिगमा शुक्रबार हिमालयन शेर्पा क्लबविरुद्ध ४-० को सहज जित दर्ता गरेको छ ।
जितसँगै एपिएफले आठ खेलबाट २० अंक जोडेको छ । पराजित हिमालयन शेर्पाको समान खेलबाट चार अंक छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन अविनाशले ह्याट्रिक गर्दा रमेश अधिकारीले एक गोल थपे ।
खेलको पाँचौं मिनेटमै अविनाशको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । दोस्रो हाफको सुरुआतमै अविनाशले नै टोलीको अग्रता दोब्बर बनाए ।
रमेशले ५०औं मिनेटमा गोल गर्दा एपिएफ ३-० ले अगाडि बढ्यो । पाँच मिनेटपछि नै अविनाशले ह्याट्रिक पूरा गर्दै एपिएफलाई सहज जित दिलाए ।
भिडियो
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE