यु १९ महिला साफ च्याम्पियनशिप

नेपालको फाइनल पुग्ने सम्भावना अधुरै

काठमाडौं । साफ यु १९ महिला फुटबल च्याम्पियनसिपमा नेपालको फाइनल पुग्ने सम्भावना अधुरै रहेको छ ।

प्रतियोगिताको फाइनलमा स्थान पक्का गर्न नेपालले अन्तिम खेलमा आइतबार भारतविरुद्ध बराबरी गरेमात्रै पुग्ने थियो । यद्दपी भारतसँग नेपालले १-० काे हार बेहाेर्याे ।

भारतसँग पराजित भए पनि श्रीलंकाले बंगलादेशमाथी जित निकालेको अवस्थामा नेपालले फाइनल पुग्ने थियो । तर आइतबारकै अर्को खेलमा आयोजक बंगलादेशले श्रीलंकामाथी १२-० को जित दर्ता गराएसँगै नेपालको सम्भावना समाप्त बनेको हो । जितसँगै बंगलादेशले फाइनलको टिकट काटेको छ ।

आइतबार लिग चरणको अन्तिम खेल सम्पन्न भएसँगै प्रतियोगिताको उपाधिका लागि बंगलादेश र भारत भिड्ने भएका छन् ।

लिगमा नेपालले चार खेलबाट सात अंक जोड्यो । तालिकाको शीर्ष स्थानमा रहेको बंगलादेशले समान खेलबाट १० अंक जोड्दा दोस्रो स्थानको भारतले नौ अंक जोड्यो ।