पुस २४, २०८१ बुधबार | ०१:४१:३१
मरेसँग प्रशिक्षण लिँदै जोकोभिच सन ह्युन मिन थप एक वर्ष टोटनहममा रहने कुपन्डोल फ्रेन्ड्स, बिबीसी, जोरपाटी भेट्रान, बिजी फुटसल र कुपन्डोल ४० प्लस विजयी एनकेएलमा सहभागी हुन थाइल्यान्डका ६ खेलाडी नेपाल आइपुगे आर्मी र मणिमुकुन्दबीचको खेल स्थगित बागमतीलाई हराउँदै पुलिस शीर्षस्थानमा वार्षिक साधारण सभा गराउन प्रदेश र जिल्ला संघलाई कराते महासंघको निर्देशन पुनरागमन जित निकाल्दै पुलिस फाइनलमा बराबरीमा रोकिए पुलिस र हिमालयन शेर्पा खेलकुदमा विभेद किन?: युवराज लामा मरेसँग प्रशिक्षण लिँदै जोकोभिच सन ह्युन मिन थप एक वर्ष टोटनहममा रहने कुपन्डोल फ्रेन्ड्स, बिबीसी, जोरपाटी भेट्रान, बिजी फुटसल र कुपन्डोल ४० प्लस विजयी एनकेएलमा सहभागी हुन थाइल्यान्डका ६ खेलाडी नेपाल आइपुगे आर्मी र मणिमुकुन्दबीचको खेल स्थगित बागमतीलाई हराउँदै पुलिस शीर्षस्थानमा वार्षिक साधारण सभा गराउन प्रदेश र जिल्ला संघलाई कराते महासंघको निर्देशन पुनरागमन जित निकाल्दै पुलिस फाइनलमा बराबरीमा रोकिए पुलिस र हिमालयन शेर्पा खेलकुदमा विभेद किन?: युवराज लामा

चित्लाङ च्याम्पियन

च्याम्पियन चित्लाङ एफसी ।

काठमाडौं । चित्लाङ एफसी बागमती प्रदेश लिगको दोस्रो संस्करणमा च्याम्पियन बनेको छ ।

फाइनलमा काठमाडौंको चित्लाङले दोलखाको टाइगर टिमलाई ३-० ले पराजित गर्यो । चित्लाङका लागि सुजित बुढाथोकीले दुई र आयुष कुँवरले एक गोल गरे ।

उपाधिसहित चित्लाङले २ लाख तथा उपविजेता टाइगर टिमले १ लाख रुपैयाँ प्राप्त गरे ।

सर्वोकृष्ट खेलाडी घोषितघोषित चित्लाङका सुजित बुढाथोकीले १५ हजार रुपैयाँ प्राप्त गरे । चित्लाङकै सुन्दरचन्द श्रेष्ठ उत्कृष्ट गोलकिपर, जनक कोइराला उत्कृष्ट रक्षक, विज्ञान खड्का उत्कृष्ट मिडफिल्डर, रुपेश क्षेत्री उत्कृष्ट प्रशिक्षक घोषित भए भने टाइगर टिमका सुजन माझी उत्कृष्ट स्ट्राइकर चुनिए । उनीहरुले जनही ५ हजार रुपैयाँ पाए ।

बागमती प्रदेश फुटबल संघद्धारा हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा लिगकम नकआउटको आधारमा पुस १० गतेदेखि सुरु भएकाे प्रतियोगितामा जिल्ला लिग च्याम्पियन ११ क्लबले सहभागिता जनाएका थिए ।  

प्रतियोगितामा पदम पोखरी युवा क्लब (मकवानपुर), विएफसी (चितवन), धुनिबेसी युवा समाज (धादिङ), वट्टार युथ क्लब (नुवाकोट), चित्लाङ फुटबल क्लब (काडमाडौं), थिमी युथ क्लब (भक्तपुर), माउन्ट एभरेस्ट एफसी (काभ्रेपलाञ्चोक), चौतारा स्पोर्टि क्लबङ (सिन्धुपाल्चोक), टाइगर टिम (दोलखा), ब्ल्यु अल्पाइन (सिन्धुली) र लक्की स्टार क्लब (ललितपुर)ले प्रतिस्पर्धा गरेका थिए ।

फाइलन पुगेका चित्लाङ र टाइगर टिम अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने प्रेसिडेन्ट लिगका लागि छनोट भएको बताइएको छ ।


भिडियो
एपिएफसँग 9 गोल खाएपछि वालिङका प्रशिक्षक थापा भन्छन्ः हामी विभागीय जस्तो व्यावसायिक क्लब होइनौं
फिनिसिङमा अझै समस्या छ, धेरै गोल मिस भए: Jibesh Pandey || Head Coach, APF Club || Anfa Womens League
TAFC vs Police club | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Police club vs TAFC | Krishna Singh Thagunna Coach,TAFC | POST-MATCH CONFERENCE ANFA Women's League
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC