सहिद स्मारक ‘ए’ डिभिजन लिग

आर्मीले गुमायो अवसर

काठमाडौं । सातदोबाटो युथ क्लबसँग अंक बाँडेपछि  त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबारबाट सुरु भएको पाँचौ चरणको पहिलो खेलमा आर्मीले सातदोबाटोसँग १-१ को बराबरी रोकिएको हो ।

आर्मी पाँच खेलमा नौ अंकसहित तेस्रो स्थानमा यथावत छ भने सातदोबाटो समान खेलमा आठ अंकसहित पाँचौ स्थानमा छ । 

११औं मिनेटमा मिडफिल्डर दिनेश हेन्जनले गरेको गोलमा आर्मीले अग्रता लिएको थियो ।

तर आर्मीले अग्रता लामो समय टिकाउन सकेन । १६औं मिनेटमा स्ट्राइकर अजई मार्टिन्सले सातदोबाटोलाई खेलमा फर्काए ।  

आजै हुने दोस्रो खेलमा शीर्ष स्थानको मच्छिन्द्र क्लबले चौथो स्थानको स‌कटाको समना गर्दैछ ।