पुस १३, २०८२ सोमबार | २३:००:२१
एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो एनभिए च्याम्पियनसिपः न्यु डायमन्डको लगातार दोस्रो जित नेपाल ओलम्पिक कमिटीको २१औं साधारण सभा सम्पन्न आर्मी लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा अदालतमा हैन, मैदानमा खेल हुनुपर्योः एनओसी अध्यक्ष जीवनराम पश्चिम रुकुम क्वार्टरफाइनल पुग्ने तेस्रो टोली न्यु डायमन्ड र आर्मी भिड्दै, पश्चिम रुकुमलाई अवसर टोटनहम विजयी एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो एनभिए च्याम्पियनसिपः न्यु डायमन्डको लगातार दोस्रो जित नेपाल ओलम्पिक कमिटीको २१औं साधारण सभा सम्पन्न आर्मी लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा अदालतमा हैन, मैदानमा खेल हुनुपर्योः एनओसी अध्यक्ष जीवनराम पश्चिम रुकुम क्वार्टरफाइनल पुग्ने तेस्रो टोली न्यु डायमन्ड र आर्मी भिड्दै, पश्चिम रुकुमलाई अवसर टोटनहम विजयी
शनिबारको दिन सर्जियो अग्विरो

अग्विरोको त्यो निर्णय

मुटुको समस्याका कारण आफ्नो खेल करियर अन्त्य भएको घोषणा गर्दै गर्दा सर्जियो अग्विरोको आँखाभरि आँसु थियो । १८ वर्षपछि फुटबल बुट बिसाउँदा उनको निष्कर्ष थियो, ‘जीवनभन्दा करियर ठूलो होइन ।’

३३ वर्षीय स्ट्राइकरले संन्यास लिने निर्णय बुधबार सुनाए । तर, यो निर्णय लिन उनी पहिलेबाटै मानसिक रूपमा तयार भइसकेका थिए ।

गत अक्टोबरमा आल्भेससँगको खेलका क्रममा अग्विरोले छाती दुखेको महसुस गरे । त्यसपछि तुरुन्तै उनी मैदानबाहिर निस्किए । स्वास्थ्य जाँच गर्दा उनको मुटुमा समस्या आएको पुष्टि भयो । चिकित्सकहरूले अग्विरोले खेल्न नसक्ने निर्णय सुनाए । अन्ततः उनीहरूकै निर्णयलाई अग्विरोले स्वीकारेका छन् ।

करिब दुई दशक खेल्दा अग्विरो विश्वकै उत्कृष्ट खेलाडीमध्ये एकका रूपमा दरिए । ब्युनस आयर्सबाट सुरु भएको उनको यात्रा बार्सिलोनामा पुगेर टुंगियो ।

अग्विरोले १५ वर्ष नकट्दै अर्जेन्टिनाको शीर्ष श्रेणीको लिग खेल्न सुरु गरिसकेका थिए । अर्जेन्टिनाको ठूला पाँच क्लबमध्ये एक इन्डिपेन्डियन्टेबाट करियर सुरु गरेका अग्विरो सन् २००६ मा स्पेनको एट्लेटिको मड्रिड पुगे । त्यही वर्ष उनले राष्ट्रिय टिमबाट पनि डेब्यु गरे ।

एट्लेटिकोमा अग्विरो पाँच सिजन रहे । स्पेनिस ला लिगा जित्न नसके पनि उनले युरोपियन क्लब फुटबलमा दोस्रो श्रेणीको मानिने युरोपा लिग भने जिते । अनि युइएफए कपमा पनि उनको टिम सफल भयो । एट्लेटिकोबाट अग्विरोको यात्रा म्यानचेस्टर सिटीतर्फ मोडियो ।

सिटी आजको स्थितिमा आइपुग्न अग्विरोको भूमिका असाध्यै महत्वपूर्ण छ । आबुधाबीको शाही परिवारले स्वामित्व लिएपछि सिटीले प्रिमियर लिग जित्दा अग्विरोकै गोल निर्णायक रह्यो ।

सन् २०११/१२ सिजन प्रिमियर लिग उपाधि दौडमा म्यानचेस्टर सहरका दुई क्लब थिए । उपाधिका लागि प्रतिस्पर्धा अन्तिम दिनसम्मै चल्यो । युनाइटेडले सन्डरल्यान्डलाई पराजित गरेपछि सिटीलाई पनि जितकै आवश्यकता थियो । क्विन्स पार्क रेन्जर्ससँग खेलिरहेको सिटीका लागि अग्विरोले अतिरिक्त समयमा गोल गरेका थिए । त्यही गोलले सिटी सन् १९६८ पछि पहिलो पटक इंग्लिस च्याम्पियन बन्यो ।

प्रिमियर लिग पुगेको पहिलो सिजन नै अग्विरो च्याम्पियन बने । लिगमा उनले २३ गोल गरे । नयाँ मालिक भित्रिएपछि सिटीमा उत्साह थियो । सिटीको उत्साहमा अग्विरोको प्रतिभा मिसियो ।

प्रशिक्षक परिवर्तन भइरहे पनि सिटीको जितको लय कायम रह्यो । सिटीले थप चार पटक प्रिमियर लिग जित्यो । अनि एक एफए कप र ६ लिग कप उपाधि पनि थप्यो । सिटीले यी सफलता हासिल गर्दा अग्विरोले २ सय ६० गोल गरेका थिए । सिटीका लागि कुल ३ सय ९० खेल खेल्दा उनी क्लब इतिहासकै सर्वाधिक गोलकर्ता बने ।

सन् २०१६ मा पेप ग्वार्डिओला सिटीको प्रशिक्षक बनेपछि अग्विरोको भूमिका सीमित हुन्छ कि भन्ने संशय उत्पन्न भएको थियो । ग्वार्डिओलाको खेलाउने शैली ‘हाइप्रेस’ भएकाले अग्विरो त्यसमा नअट्लान भन्ने चिन्ता थियो । सुरुमै भयो पनि त्यस्तै । तर अन्ततः अग्विरो ग्वार्डिओलाको पहिलो रोजाइको टिममा परिछाडे । आफ्नो प्रशिक्षणमा ५ वर्ष खेलेका अग्विरोको खेलबारे ग्वार्डिओलाले बारम्बार प्रशंसा गरिरहे ।

क्याम्प नोउमा भएको अग्विरोको पत्रकार सम्मेलनमा ग्वार्डिओला उपस्थित थिए । यसबाट पनि यी दुईको सम्बन्ध कति हार्दिक छ भन्ने प्रस्ट हुन्छ । जबकि यी दुईको सुरुआती सम्बन्धबारे पटक-पटक हल्ला बाहिर आइरहे ।

कतिपय ‘ट्रान्सफर विन्डो’मा अग्विरोले सिटी छाड्ने हल्ला चलिरह्यो । यसको कारण ग्वार्डिओला भएको बताइन्थ्यो । अग्विरोले सिटी त छाडे तर ‘फ्रि-ट्रान्सफर’मा ।

अग्विरोको बार्सिलोना स्थानान्तरण टुंगोमा पुग्दा लियोनल मेसीले के निर्णय लिन्छन् भन्ने कौतहूल थियो । अग्विरो चाहन्थे, मेसी बार्सिलोनामै रहुन् । मेसीसँगको साझेदारीको बलमा बार्सिलोनाले पुरानो लय समात्ला कि भन्ने आसमा अग्विरो थिए ।

तर, मेसीसँग एउटै क्लबमा खेल्ने अग्विरोको इच्छा पूरा भएन । मेसीले पेरिस सेन्ट जर्मेन (पिएसजी) रोजे । यद्यपि यो सिजन सुरु हुनुअघि नै आयोजित कोपा अमेरिकामा अग्विरो र मेसीले सँगै खेले । र, अर्जेन्टिनालाई लामो समयपछि अन्तर्राष्ट्रिय उपाधि जिताए ।

अग्विरोले बार्सिलोनामा आफ्नो प्रतिभा प्रमाणित गर्ने मौका पाएनन् । फिटनेसका कारण उनले सुरुआती ७ लिग खेल गुमाए । चोटमुक्त भएपछि अग्विरोले ४ खेल खेल्न पाए । ती खेलमा उनले जम्मा एक गोल गरे । तर, त्यो गोल अग्विरोको करियरकै अविस्मरणीय गोलका रूपमा दर्ज भएको छ । किनभने उनको त्यो गोल एल क्लासिकोमा भएको थियो । (एजेन्सी)