पुस १७, २०८१ बुधबार | २०:४७:०१
स्युचाटार क्रिकेट लिगः क्वार्टरफाइनल समीकरण पूरा नेपालले दशरथ रंगशालामा फोर नेसन कप खेल्ने बार्सिलोनाका रक्षक क्रिस्टियनसनमाथि युनाइटेडको नजर म्याथियस कुन्हालाई दुई खेलको प्रतिबन्ध आर्नोल्डलाई रियालको चार वर्षको प्रस्ताव रुनीले छाडे प्लाइमाउथ अन्तर वडास्तरीय फुटबलः उद्घाटन खेलमा केपिलासगढी र सोल्मा भिड्ने अस्पतालबाट डिस्चार्ज भए एन्टोनियो कृष्ण बहादुर आलेः जसले २ हजारको खेलका लागि आठ कक्षाको फाइनल परीक्षा नै त्यागे कोशीबाट आस्थाले इ-प्लानेट नेसनल हाइस्कुल च्याम्पिनसिप खेल्ने स्युचाटार क्रिकेट लिगः क्वार्टरफाइनल समीकरण पूरा नेपालले दशरथ रंगशालामा फोर नेसन कप खेल्ने बार्सिलोनाका रक्षक क्रिस्टियनसनमाथि युनाइटेडको नजर म्याथियस कुन्हालाई दुई खेलको प्रतिबन्ध आर्नोल्डलाई रियालको चार वर्षको प्रस्ताव रुनीले छाडे प्लाइमाउथ अन्तर वडास्तरीय फुटबलः उद्घाटन खेलमा केपिलासगढी र सोल्मा भिड्ने अस्पतालबाट डिस्चार्ज भए एन्टोनियो कृष्ण बहादुर आलेः जसले २ हजारको खेलका लागि आठ कक्षाको फाइनल परीक्षा नै त्यागे कोशीबाट आस्थाले इ-प्लानेट नेसनल हाइस्कुल च्याम्पिनसिप खेल्ने

ग्वाड्रिओलाको विशेष दिन, उनको प्रशिक्षणमा ५००औं खेल खेल्दै सिटी

काठमाडौं । आइतबार इङ्लिस प्रिमियर लिग (इपिएल)को पहिलो खेलमा साविक विजेता म्यानचेस्टर सिटीले लेस्टर सिटीको सामना गर्दैछ । यो खेल सिटीका लागि खास छ । किनभने मुख्य प्रशिक्षक पेप ग्वाड्रिओलाको नेतृत्वमा सिटीले ५००औं खेल खेल्दैछ । लेस्टरको घरेलु मैदान किङ पावर रंगशालामा हुने खेल नेपाली समय अनुसार राति ८ः१५ बजे सुरु हुनेछ ।

स्पानिस प्रशिक्षक ग्वाड्रिओलालाई आधुनिक फुटबलकै महान प्रशिक्षकका रुपमा लिइन्छ । आज सिटीको लोकप्रियता जुन स्तरसम्म छ, त्यो सबै ग्वाड्रिओलाका कारण सम्भव भएको हो । उनी २०१६ मा इतिहाद रंगशाला आइपुगेका थिए । यो आठ वर्षको अन्तरालमा उनले क्लबलाई १८ उपाधि दिलाएका छन् । जसले उनलाई सिटीको इतिहासमा सबैभन्दा उपाधि जित्ने प्रशिक्षक पनि बनाएको छ ।

इङ्लिस फुटबलमा पछिल्लो समय सिटी निर्विकल्प दाबेदारका रुपमा रहँदै आएको छ । यस्तो किन भने सिटीले पछिल्ला चार वर्ष लिग उपाधि जितेको छ । लगातार चार पटक इङ्लिस फुटबलको शीर्ष डिभिजन जित्ने सिटी पहिलो क्लब हो ।

वर्तमान परिवेशमा ग्वाड्रिओला एउटै क्लबमा धेरै वर्ष बिताउने प्रशिक्षक हुन् । उनले सिटीमा काम गर्न थालेको आठ वर्षभन्दा धेरै भइसक्यो । उनीभन्दा पछाडि छन् ब्रेन्टफर्डका थोमस फ्रान्क । फ्रान्क ६ वर्षयता ब्रेनटफर्डमा सेवान्वृत छन् ।

ग्वाड्रिओलाले २०१७/१८, १८/१९ तथा २०२१ देखि २४ गरि कूल ६ लिग उपाधि जितेका छन् । जसमध्ये पहिलो उपाधि उनका लागि खास रह्यो । उनले उक्त सिजन १०० अंकका साथ उपाधि चुमेका थिए । सिजन २२/२३ सिटीका लागि अर्को खास वर्ष रह्यो । यो यस्तो वर्ष रह्यो जहाँ सिटीले युरोपियन ट्रेबल हासिल गर्यो । इस्टानबुलमा भएको युइएफए च्याम्पियन्स लिग फाइनलमा सिटीले इन्टर मिलानलाई १-० ले पराजित गर्दै पहिलो पटक युरोपियन फुटबलको उपाधि उचालेको थियो । सहरी प्रतिद्धन्द्धी म्यानचेस्टर युनाइटेडलाई २-१ ले हराउँदै सिटीले घरेलु फुटबलको प्रतिष्ठित प्रतियोगिता एफए कपको पनि उपाधि जितेको थियो । युरोपियन ट्रेबल जित्ने सिटी आठौं टोली रह्यो ।

ग्वाड्रिओला ५०० खेलको आंकडा पूरा गर्ने सिटीका दोस्रो प्रशिक्षक हुन् । यसअघि स्कटिस प्रशिक्षक लेस मेकडोवलले १९५० देखि १९६३ को अन्तरालमा ५९२ पटक क्लबको नेतृत्व गरेका थिए ।

ग्वाड्रिओलाले ७०.९४ प्रतिशत अर्थात कूल ३५४ खेलमा जित हासिल गरेका छन् । प्रिमियर लिगमा सिटीले उनको नेतृत्वमा ३२२ खेल खेलेको छ । जसमध्ये २३३ खेल सिटीको पक्षमा गएको छ । च्याम्पियन्स लिगमा ९३ खेलमध्ये ६० खेलमा सिटीले जित हासिल गरेको छ । यसबीच सिटीले १,२११ गोल गर्दा मात्र ४२९ खाएको छ ।

लिग उपाधिका हिसाबमा ग्वाड्रिओलाभन्दा अगाडि मात्र एक नाम छन् । उनी हुन् युनाइटेडका पूर्व प्रशिक्षक एलेक्स फर्ग्युसन । स्कटिस प्रशिक्षक फर्गुसनले युनाइटेडमा २६ सिजन बिताउँदा टोलीलाई १३ पटक च्याम्पियन बनाए ।


भिडियो
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह
SHANKATA का MIDFIELDER KRISHNA BDR ALE भन्छन्ः एनएसएल खेल्ने र चाँडै राष्ट्रिय टिममा पर्ने सपना छ
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar
Goalkeeper Anjana Rana Magar ड्रिम अन एजुकेसन कन्सलटेन्सी प्रालिको ब्रान्ड एम्बासडरमा नियुक्त
NOC चुनावमा ऐनकानुन मिचेर जबरजस्ती गर्नेलाई कार्वाही हुन्छ : Teju Lal Chaudhary Minister, Sports
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association