काठमाडौं । इन्टर मिलान इटालियन सिरी ‘ए’ को दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा इन्टरले घरेलु टोली काग्लिअरीलाई ३-० ले हरायो ।
जितपछि इन्टरले १७ खेलबाट ४० अंक जोडेको छ । एक खेल बढी खेलको एट्लान्टा ४१ अंकसहित शीर्ष स्थानमा छ । १७ मध्ये १२ खेलमा जित निकालेको इन्टरलाई शीर्ष स्थानमा उक्लने सुनौलो अवसर छ । पराजित काग्लिअरी १४ अंकसहित रेलिगेशन क्षेत्रमा छ ।
सर्डेग्ना एरिनामा १६ हजार समर्थकमाझ इन्टरलाई जिताउन एलेजान्द्रो बास्टुनी, लौटारो मार्टिनेज र हाकान काल्हानोग्लुले गोल गरे । तीनै गोल दोस्रो हाफमा भएको थियो ।
खेलको ५३औं मिनेटमा बास्टुनीको गोलमार्फत इन्टरले अग्रता लिएको थियो । ७१औं मिनेटमा मार्टिनेजले टोलीको अग्रता दोब्बर बनाए ।
काल्हानोग्लुले ७८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै इन्टरलाई सहज जित दिलाए ।
भिडियो
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह
SHANKATA का MIDFIELDER KRISHNA BDR ALE भन्छन्ः एनएसएल खेल्ने र चाँडै राष्ट्रिय टिममा पर्ने सपना छ
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar
Goalkeeper Anjana Rana Magar ड्रिम अन एजुकेसन कन्सलटेन्सी प्रालिको ब्रान्ड एम्बासडरमा नियुक्त
NOC चुनावमा ऐनकानुन मिचेर जबरजस्ती गर्नेलाई कार्वाही हुन्छ : Teju Lal Chaudhary Minister, Sports
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association