नेपाली महिला फुटबल

श्रीलंकामाथि ५-० को अग्रता

काठमाडौं । पहिलो हाफमा तीन गोलको अग्रता लिएको नेपालले महिला यु १९ साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा थप दुई गोल गरेको छ ।

रश्मी घिसिङ,  सविता राना मगर र रजनी थोकरको गोलमा पहिलो हाफमा ३-० को अग्रता लिएको नेपाली युवा टोलीका लागि दोस्रो हाफको सुरुमै मेनुका आले र सलोनी राना मगरले दुई गोल गरे । 

बंगलादेशको ढाकामा जारी प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा पाँच गोलको सहज अग्रतासहित नेपाल जितउन्मुख छ ।

पहिलो खेलमा नेपालले आयोजक बंगलादेशसँग गोलरहित बराबरी नतिजा निकालेको थियो ।

श्रीलंकाको यो तेस्रो खेल हो । टोली अघिल्ला दुवै खेलमा पराजित भएको थियो । पहिलो खेलमा भुटानसँग ५-० को नतिजामा निराश भएको टोली दोस्रो खेलमा आयोजक बंगलादेशसँग ६-० को फराकिलो अन्तरमा पराजित भएको थियो ।

६७ मिनेटको खेल सकिँदासम्म नेपाली टोलीले पूर्ण रुपमा नियन्त्रण राखे पनि तीन भन्दा बढि गोल गर्न सकेन। 

(अपडेट गरिएको समाचार)