च्याम्पियन्स लिग

च्याम्पियन्स लिग अन्तिम १६ को खेल तालिका सार्वजनिक

लन्डन । च्याम्पियन्स लिगको नकआउट चरणमा म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मन (पिएसजी) भिड्दा   समर्थकले पुनः क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी आमने सामने भएको हेर्न पाउने भएका छन् ।\

युईएफले सोमबार सार्वजनिक गरेको खेल तालिका अनुुसार युनाइटेड र पिएसजीबीच खेल हुने भएको हो ।

मेसी यसै सिजन स्पेनिस ला लिगा क्लब बार्सिलोनाबाट फ्रेन्च लिग वान क्लब पिएसजीमा अनुबन्ध भएका थिए भने रोनाल्डो इटालियन सिरी ए क्लब युभेन्टसबाट ओल्ड ट्र्राफोर्ड फर्किएका थिए । 

गत सिजन च्याम्पियन्स लिगको समूह चरणमा युभेन्टस र बार्सिलोना एकै समूहमा थिए । जहाँ रोनाल्डो र मेसी पछिल्लो पटक आमने सामने भएका थिए ।

सो खेलमा रोनाल्डोको दुई गोलमा युभेन्टसले बार्सिलोनालाई ३० ले हराएको थियो ।

तालिका अनुसार रियाल मड्रिडले बेन्फिका, म्यानचेस्टर सिटीले भियारियाल, बायर्न म्युनिखले एट्लेटिको मड्रिड, लिभरपुलले साल्जबर्ग, इन्टर मिलानले आयाक्स, युभेन्टसले स्पोर्टिङ लिस्बन र साविक विजेता चेल्सीले लिलीसँग प्रतिस्पर्धा गर्नेछ ।

नकआउट चरणका खेल फेब्रुअरी १५ बाट सुरु हुनेछ ।