सहिद स्मारक ‘ए’ डिभिजन लिग

सातदोबाटोको अपराजित यात्रामा पूर्णबिराम

काठमाडौं । स्टेफन समिरको निर्णायक गोलमा न्युरोड टिम एनआरटीले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित हात पारेकाे छ ।

शनिबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा एनआरटीले नव प्रवेशी सातदोबाटो युथ क्लबलाई १–० ले पराजित गरेको हो ।

४५ औं मिनेटमा मेसुके ओलोउमोउकोे पासलाई  समिरले सदुपयोग गर्दै बक्सभित्रबाट सहज गोल गरे ।

पहिलो जितपछि चार खेलबाट पाँच अंक बनाउँदै एनआरटी सातौं स्थानमा उक्लिएको छ । सातदोबाटो चार खेलबाट सात  अंक बनाउँदै तेस्रो स्थानमा यथावत रहेको छ ।

हारसँगै सातदोबाटो शीर्षस्थानमा उक्लन असफल भयो ।

चार खेबलाट १० अंक बनाएको मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा रहेको छ ।