स्पेनिस ला लिगा

मड्रिड डर्बीमा स्वारेज खेल्ने सम्भावना कायमै

मड्रिड । एट्लेटिको मड्रिडले लुईस स्वारेज आइतबार मड्रिड डर्बीअन्तर्गत रियाल मड्रिडविरुद्धको खेलमा मैदान उत्रने सम्भावना रहेको जनाएको छ ।

बुधबार च्याम्पिन्स लिग अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा एफसी पोर्टोविरुद्ध खेलको १३र्औं मिनेटमा घाइते हुँदै स्वारेज मैदानबाट बाहिरिएका थिए । सो खेलमा पोर्टोलाई ३-१ ले हराउँदै एट्लेटिकोले समूह उपविजेताको रुपमा नकआउट चरणको टिकट काटेको थियो ।

पोर्टोविरुद्धको खेल दौरान स्वारेज बेन्चमा रोईरहेको तस्बिर सार्वजनिक भएको थियो । त्यसबाट पनि स्वारेजको चोट गम्भिर भएको अनुमान गरिएको थियो ।

तर क्लबले भने स्वारेजको चोट गम्भिर नभएको र उनी स्पेनिस ला लिगा अन्तर्गत आइतबार  रियालविरुद्ध मैदान उत्रन सक्ने जनाएको छ ।

‘स्वारेजको मांशसेसीमा कुनै समस्या देखिएन, उनी रियालविरुद्ध मैदान उत्रने सम्भावना कायमै छ । यद्धपी उनी अहिले चिकित्कसको सल्लाहमा आराम गरिहेका छन्’,एट्लेटिकोले जारी गरेको विज्ञप्त्तीमा भनिएको छ, ‘उनी छिट्टेै क्लबको प्रशिक्षणमा फर्कनेछन् ।’

रियाल १६ खेलमा ३९ अंकसहित शीर्ष स्थानमा छ भने समान खेलमा २९ अंक बटुलेको एट्लेटिको चौथो स्थानमा छ ।