युराेपा लिग

नेपोलीे प्लेअफमा, लेस्टर कन्फरेन्स लिगमा झर्यो

मिलान । एलजेफ एलमासको दुई गोलप्रेरित नेपोलीले युरोपा लिगको प्लेअफमा स्थान पक्का गर्दा लेस्टर सिटी भने युरोपा कन्फरेन्स लिगमा झरेको छ ।

पाँच खेलमा आठ अंकका साथ समूह ‘सी’ को  शीर्ष स्थानमा बस्दै नेपोली भ्रमणमा निस्किएको लेस्टर ३-२ को हारपछि तेस्रो स्थानमा झरेको हो । नेपोलीमाथि जितले लेस्टरको शीर्ष स्थान पक्का हुने थियो ।

६ खेलमा समान १० अंक जोडेका स्पाटार्क मस्को र नेपोली क्रमशः पहिलो र दोस्रो स्थानमा रहे । तेस्रो स्थानको लेस्टरको आठ र लेजिया वार्साको समान खेलमा ६ अंक रह्यो ।

चौथो मिनेटमा एडम ओनसले गरेको गोलमा नेपोलीले अग्रता लिएको थियो । २४औं मिनेटमा एलमासले नेपोलीको अग्रता दोब्बर पारेका थिए । त्यसको तीन मिनेटपछि जोनी इभान्सले गोल गर्दै लेस्टरलाई खेलमा फर्काउने संकेत गरेका थिए ।

३३औं मिनेटमा केरनन हलले लेस्टरलाई खेलमा फर्काएका थिए । ५३औं एलमासको गरेको दोस्रो गोल नेपोलीका लागि जितका साथ प्लेअफमा स्थान बनाउन पर्याप्त बन्यो ।

समूह ‘सी’ मा शीर्ष स्थान पक्का गर्ने क्रममा मस्कोले वार्सालाई १-० ले हरायो ।

समूह ‘जी’ मा भने सेल्टिकले रियाल बेटिसमाथि ३-२ को जितका साथ प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।