शहिद स्मारक ए डिभिजन लिग

फुजा नेपाल आइपुगे

काठमाडौं । मनाङ मस्र्याङदी क्लबका प्रशिक्षक फुजा तोपे  नेपाल आइपुगेका छन् । 

मनाङले यस सिजन पनि सहिद स्मारक ए डिभिजन लिगका लागि नाइजेरियन प्रशिक्षक फुजासँग सम्झौता नविकरण गरेको जनाएको थियो ।

फुजा भने तेस्रो चरण समाप्तीको संघारमा मात्र काठमाडौं आइपुगेका हुन् । उनलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्लबका व्यवस्थापक रामबहादुर गुरुङ र मिलन गुरुङले स्वागत गरेका थिए । 

हाल मनाङको प्रशिक्षण राजेन्द्र तामाङले सम्हाल्दै आएका छन् । 

तीन खेलको समाप्तीमा दुई जित र एक बराबरीको नतिजापछि मनाङ सात अंकसहित तालिकाको दोस्रो स्थानमा छ । समान खेलमा समान सात अंक बटुलेको सातदोबाटो युथ क्लब शीर्ष स्थानमा छ । 

२०७५ को लिगमा मनाङलाई कीर्तिमानी आठौ पटक सहिद स्मारक ए डिभिजन लिगको उपाधि जिताउँदा फुजा टोलीका मुख्य प्रशिक्षक थिए । २०७६ को लिगमा पनि फुजा मनाङका प्रशिक्षक थिए ।

वैशालमा सम्पन्न पहिलो सस्करणको नेपाल सुपर लिग (एनएसएल) मा फुजाले धनगढी एफसीको प्रशिक्षण सम्हालेका थिए । काठमाडौंं रेजर्ससँग पराजित भएपछि धनगढीले उपविजेतामा चिक्त बुझाएको थियो ।