काठमाडौं । घरेलु टोली एस्टन भिल्लाले युएइएफए च्याम्पियनसिपमा बुधबार बयार्न म्युनिखविरुद्ध १-० को जित निकालेको छ ।
लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको एस्टन भिल्ला छैटौं स्थानमा छ । पहिलो पराजय ब्यहोरेको बायर्न समान खेलबाट तीन अंकका साथ १५औं स्थानमा छ ।
भिल्ला पार्कमा खेलको ७९औं मिनेटमा जोन डुरानले गरेको एक मात्र गोल भिल्लालाई जित दिलाउन पर्याप्त बन्यो । उनले पाउ टोरेसको पासलाई पोस्टको दिशा दिए ।
बुधबारै सम्पन्न अन्य खेलमा बेन्फिकाले एटलेटिको मड्रिडलाई ४-०, फेयनोर्डले जिरोनालाई ३-२ र एटलान्टाले शाख्तर डोनेस्कलाई ३-० ले पराजित गरे ।
भिडियो
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar
Goalkeeper Anjana Rana Magar ड्रिम अन एजुकेसन कन्सलटेन्सी प्रालिको ब्रान्ड एम्बासडरमा नियुक्त
NOC चुनावमा ऐनकानुन मिचेर जबरजस्ती गर्नेलाई कार्वाही हुन्छ : Teju Lal Chaudhary Minister, Sports
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो