महिला फुटबल

कोभिडका कारण फोर नेशन्स कप रद्ध

काठमाडौं । भारतमा हुने भनिएको ‘फोर नेशन्स कप’ महिला फुटबल प्रतियोगिता कोभिड १९ महामारीका कारण रद्द भएको छ ।

डिसेम्बर ९ देखि २१ गतेसम्म हुने प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय महिला टोलीलाई प्रस्ताव आएको थियो ।

पूर्व राष्ट्रिय खेलाडी तथा महिला टोलीका सहायक प्रशिक्षक चेतन घिमिरेलाई टोलीको जिम्मेवारी दिएर २६ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षण राखिएको थियो ।

तर कोभिड १९ को महामारी बढ्दै गएपछि प्रतियोगिता रद्द गरिएको एन्फा स्रोतले जनाएको छ ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीमध्ये राजधानी भित्रका खेलाडीलाई बिहीबार नै रिलिज गरिएको छ भने राजधानी बाहिरका खेलाडीले एन्फा एकेडेमीमा बसेर प्रशिक्षण गर्नेछन् ।

प्रतियोगितामा आयोजक भारतसँगै नेपाल र थाइल्यान्डको सहभागिता टुंगो लागिसकेको थियो भने अर्को एक टोलीको घोषणा भइसकेको थिएन ।