चैत्र ६, २०८२ शुक्रबार | ०८:३१:३१
४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित

सहिद स्मारक लिग : पहिलो चरणमा थ्री स्टार र मछिन्द्रको राम्रो लय

काठमाडौं । साविक विजेता मछिन्द्र क्लबले न्युरोड टिम (एनआरटी) माथि जितसहित उपाधि रक्षा अभियानको सुरुआत गरेसँगै सोमबार सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो चरण सकिएको छ ।

मंसिर तीन गतेदेखि सुरु भएको लिगको पहिलो चरणमा सात खेल भए । सहभागी सबै १४ टोलीले पहिलो खेल खेल्दा थ्री स्टार क्लबले सबभन्दा स्पष्ट जित हासिल गर्यो भने नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबको सुरुआत सुखद बन्न सकेन ।

पहिलो चरणमा चार टोलीले जितसहित तीन अंक बटुल्दा ६ टोलीले बराबरीसहित एक अंक आफ्नो खातामा जोडे । बाँकी चार टोलीले भने पहिलो खेलमा पराजय बेहोरे ।

पहिलो चरणका सात खेलमा कुल १६ गोल भए । यसमा १० टोलीले गोल गर्दा चार टोलीले गोलको खाता खोल्न सकेनन् ।

लिगमा थ्री स्टार र ब्रिगेड ब्वाइजले समान तीन, एनआरटी, मनाङ मस्र्याङदी, त्रिभुवन आर्मी, नेपाल पुलिस, हिमालयन शेर्पा र संकटाले एक-एक गोल गर्दा सातदोबाटो, फ्रेन्ड्स, च्यासल र जावलाखेलले बललाई जाली चुमाउँन सकेनन् ।

पहिलो चरण समाप्त हुदाँसम्म तीन अंक जोडेको थ्री स्टार तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै समान अंक रहे पनि गोलआधारमा ब्रिगेड ब्वाइज दोस्रो स्थानमा रहँदा मछिन्द्र तेस्रो र मनाङ चौथो स्थानमा छन् ।

तालिकाको पाँचौ स्थानमा एक अंक जोडेको हिमालयन शेर्पा क्लब छ । एकै अंक जोडेको त्रिभुवन आर्मी फुटबल क्लब छैटौं, नेपाल पुलिस क्लब साताैं, संकटा क्लब आठाैं, फ्रेन्ड्स क्लब नवाैं, र सातदोबाटो युथ क्लब दशौं स्थानमा छन् ।

पहिलो चरणको खेलमा नेपाल एपिएफ क्लब, एनआरटी, जावलाखेल युथ क्लब र च्यासल युथ क्लबले अंकको खाता खोल्न सकेनन् ।

प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार फ्रेन्ड्स क्लबलाई गोलरहित बराबरीमा रोक्नु नवप्रवेशी क्लब सातदोबाटो युथका लागि शीर्ष डिभिजनमा सुखद ‘डेब्यु’ बन्यो ।

दोस्रो दिन शनिबारको पहिलो खेलमा दुई पटकको विजेता संकटा हिमालयन शेर्पासँग १-१ को बराबरीमा रोकियो ।

प्रतियोगिताको पहिलो चरणमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने टोली थ्री स्टार बन्यो । शनिबारको दोस्रो थ्री स्टारले च्यासल युथ क्लबमाथी ३-० को जित दर्ता गर्यो । थ्री स्टारको यो जित पहिलो चरणमा कुनै पनि टोलीले निकालेको फराकिलो जित बन्यो ।

आइतबारको सम्पन्न ब्रिगेड ब्वाइज र एपिएफबिचको खेल पहिलो चरणको रोमाञ्चक खेलको रुपमा रह्यो । विभागिय टोलीमाथी ३-२ को रोमाञ्चक जित निकालेको ब्रिगेड ब्वाइजले तीन अंकका साथ तालिकाको दोस्रो स्थानमा आसिन छ ।

आइतबारको दोस्रो खेलमा लिगको सर्वाधिक सफल टोली मनाङ मर्स्याङदी क्लबले जावलाखेल युथ क्लबविरुद्ध १-० साँघुरो जितमा चित्त बुझायो । यद्धपी आठ पटक लिगको उपाधि चुमेको मनाङको लागी उक्त जित तीन अंक जोड्न त्यो पर्याप्त रह्यो ।

सोमबार विभागीय डर्बीअन्तर्गत उपाधि दाबेदार आर्मी अर्को विभागीय टोली नेपाल पुलिससँग १-१ को बराबरीमा रोकियो । खेलमा पुलिसले अग्रतालाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउँनु परे पनि नतिजाले आर्मीको उपाधि यात्रालाई भने नराम्रो धक्का दियो ।

पहिलो चरणको अन्तिम खेलमा साविक विजेता मछिन्द्रले एनआरटीविरुद्ध २-१ को कठिन जित निकाल्यो । राष्ट्रिय टोलीका खेलाडीहरुले भरिपूर्ण रहेको मछिन्द्रले उपाधि रक्षा गर्ने यात्रालाई सुखद सुरुआत दियो ।

पहिलो चरणमा सात खेलमा २४ कार्ड निस्किए । जसमध्ये एक रातो र बाँकी २३ पहेलो कार्ड थियो । पहिलो चरणमा फ्रेन्ड्सले सर्वाधिक ६ कार्डको दर्शन गर्यो ।

यस्तै तीन टोलीले समान तीन, तीन टोलीले समान दुई र तीन टोलीले एक/एक पहेलो कार्डको दर्शन गरे । तीन पहेलो कार्ड पाउनेमा थ्री स्टार, मछिन्द्र र जावलाखेल छन् । दुई पहेलो कार्ड पाउनेमा हिमालयन शेर्पा, संकटा र च्यासल रहँदा एनआरटी, सातदोबाटो र पुलिस एक/एक पहेलो कार्डको दर्शन गर्ने टोली बने ।

मछिन्द्रका नवीन श्रेष्ठ पहिलो चरणमा पहेलो कार्डको दर्शन गर्ने पहिलो र एकमात्र अफिसियल बने ।

लिगका चार टोलीले भने पहिलो चरणमा कुनै कार्ड सामना गरेनन् । कार्ड सामना नगर्ने टोलीमा त्रिभुवन आर्मी, ब्रिगेड ब्वाइज, एपिएफ र मनाङ छन् ।

पहिलो चरणको एकमात्र रातो कार्ड पनि फ्रेन्ड्सका विदेशी खेलाडी रोनेल एन्टोनीले पाएका थिए ।

प्रतियोगिताको उद्घाटन खेलमा सातदोबाटोविरुद्ध एन्टोनी दुई पहेलो कार्ड पछि रातो कार्ड दर्शन गर्दै मैदानबाट बाहिरिएका थिए ।

लिगको दोस्रो चरणका खेल मंसिर १० गतेबाट सुरु हुनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो