इङ्लिस प्रिमियर लिग

प्रिमियर लिगका अध्यक्ष हफमनको राजिनामा

लन्डन । इङ्लिस प्रिमियर लिगका अध्यक्ष ग्यारी हफमनले राजिनामा दिएका छन् ।

गत अप्रिलमा अध्यक्षमा नियुक्त भएका हफमनले  नियुत्तीको दुई महिनापछि मात्र जिम्मेवारी सम्हालेका थिए ।

उनले दुई वर्ष नपुग्दै पदबाट राजिनामा दिन लागेका हुन् । 

६१ वर्षका हफमनले राजिनामा दिने घोषणा गरेपनि उनको स्थानमा कोही नियुक्त भइनसकेकाले जनवरी २०२२ सम्म उनी सोही पदमा रहनेछन् । 

प्रिमियर लिगले बुधबार विज्ञप्ति जारी गर्दै हफमनले गरेका कामको लागि धन्यवाद दिदै  नयाँ अध्यक्षको  खोजी भइरहेको जनाएको छ । 

‘प्रिमियर लिग ग्यारी हफमनको कामप्रति कृतज्ञ छ । उनले लिगको इतिहासकै सबैभन्दा चुनौतीपूर्ण समयमा नेतृत्व सम्हालेका थिए्,’ प्रिमियर लिगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया तत्काल सुरु हुनेछ ।’