बार्सिलोना

बार्सिलोनाको जर्सीमा ‘सुपरहिरो’ लाग्छु : आल्भेस

बार्सिलोना । गत हप्ता पूर्व क्लब बार्सिलोना फर्किएका ब्राजिलियन रक्षक ड्यानी आल्भेसले क्लबको जर्सी लगाउँदा आफूलाई ‘सुपरहिरो’ जस्तो महसुस हुने बताएका छन् ।

‘मलाई ब्राजिल र बार्सिलोनाको जर्सी लगाएर मैदान उत्रँदा आफू ‘सुपरहिरो’ भएको महसुस हुन्छ । त्यसैले फेरी बार्सिलोनाको जर्सी लगाउँदा यसले ममा थप बल दिनेछ,’ आल्भेसले भने, ‘ममा आएको यो शक्ति टोलीका अन्य साथीहरुमा पनि प्रसारण गर्न सक्छु भन्ने आशा गरेको छु । त्यसो त म अझै पनि यो पुनरागमनबाट चरम आश्चर्यमा छु । किनकी मैले निक्कै पहिलेदेखि बार्सिलोना फर्किने प्रयास गरेको थिएँ, जुन भर्खर पूरा भएको छ ।’

यसअघि सन् २००८ देखी २०१६ सम्म बार्सिलोनाबाट खेलेका आल्भेसले दुई सय ४७ खेलमा १४ गोल गरेका थिए ।