काठमाडौं । निरोज श्रेष्ठको चार गोलप्रेरित फर्पिङ स्पोर्ट्स डेभलपमेन्टले सोमबार मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजय सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा फर्पिङ स्टोटर््स डेभलपमेन्टले फुटबल फेलोसिपलाई ११-० ले हराएको छ ।
फर्पिङको जितमा निरोजको चार गोलका, गणेश लावतीले तीन, निरकुमार राईले दुई तथा अनिल गुरुङ्ग र सल्यान खड्गीले समान एक गोल गरे ।
फर्पिङका गणेश लावती प्लेअर अफ दी म्याच भए ।