भाद्र २३, २०८१ आइतबार | ०८:३३:०२
इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने

फुटबल माहोल फर्काउन सक्ने ‘एनएसएल’

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र आन्तरिक द्वन्द, चुनावी सरगर्मी नचलेको भए नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण सम्पन्न भइसकेको हुने थियो । तेस्रो संस्करण गर्न अहिले आयोजक तयारीमा जुट्ने बेला भइसकेको थियो ।

तर, एन्फाभित्रको राजनीतिक द्वन्दमा मुछिएपछि एनएसएलको एक संस्करण मात्रै भएको छ । दोस्रो संस्करणका लागि धेरै पटक मिति तय भए पनि अहिलेसम्म मैदानमा प्रतियोगिता हुन सकेको छैन ।

एन्फाभित्रको राजनीतिक चपेटामा नपरे चौथो पटक निर्धारण गरिएको मितिमा प्रतियोगिता हुने आशा गर्न सकिन्छ । विभिन्न उतारचढाव पछि नेपाल स्पोर्टस् एण्ड एभेन्ट्स म्यानेजमेन्ट प्रालीले मंसिर आठ देखि दोस्रो एनएसएल गर्ने तयारी थालेको छ ।

अझै, एन्फाभित्रको राजनीतिक चपेटामा नपरे चौथो पटक निर्धारण गरिएको मितिमा प्रतियोगिता हुने आशा गर्न सकिन्छ । विभिन्न उतारचढाव पछि नेपाल स्पोर्टस् एण्ड एभेन्ट्स म्यानेजमेन्ट प्रालीले मंसिर आठ देखि दोस्रो एनएसएल गर्ने तयारी थालेको छ ।

एक वर्षअघि नै प्रतियोगितामा १० टोली सहभागी हुने तय भएको थियो । पहिलो संस्करणमा सात टोली सहभागी थिए । झापा एफसी, विरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम एफसी गत वर्ष दोस्रो संस्करणका लागि थपिएका टिम हुन् ।

गत वर्ष दोस्रो संस्करण आयोजनाका लागि टिम थप्नुका साथै खेलाडीको अक्सन पनि भइसकेको थियो । सबै तयारी पूरा थियो । खेलाडी खेल्न उत्साहित थिए । मार्की खेलाडी र कप्तान तथा पूरा टोली नै तयार भइसकेका थिए ।  

पदाधिकारीबीच नै एनएसएलबाट कति लिने, कतिसम्म भागमा पार्न सकिन्छ ? कसरी एनएसएलको ठूलो लगानी ‘फेल’ गर्न सकिन्छ ? जस्ता विषयले महत्व पायो । पूरा एन्फा प्रशासनको ध्यान त्यसतर्फ मात्र ध्यान केन्द्रित भयो । फलतः दोस्रो संस्करण रोकियो ।

ठिक त्यही बेला नयाँ नेतृत्व चयनका लागि एन्फाको साधारणसभा थियो । एनएसएल चुनावको मुख्य एजेन्डा बन्यो । पदाधिकारीबीच नै एनएसएलबाट कति लिने, कतिसम्म भागमा पार्न सकिन्छ ? कसरी एनएसएलको ठूलो लगानी ‘फेल’ गर्न सकिन्छ ? जस्ता विषयले महत्व पायो । पूरा एन्फा प्रशासनको ध्यान त्यसतर्फ मात्र ध्यान केन्द्रित भयो । फलतः दोस्रो संस्करण रोकियो ।

तर एनएसएलको विरोध गरेरै १६ महिनाअघि एन्फाको चुनाव जितेको वर्तमान नेतृत्व पनि अन्तत प्रतियोगिता गर्न दिनेमा सहमत भयो । त्यसपछि पनि पटकपटक मिति तोकिए । तर गत वर्ष हुन सकेन । यसपाली जसोतसो एनएसएल गर्ने तयारी छ । तर अघिल्लो संस्करणमा मैदान बाहिर र भित्र ठूलो हलचल गरेको विराटनगर सिटी एफसीले अन्तिम सयमा नाम फिर्ता लिएको छ । आयोजकसँगको असन्तुष्टि र विभिन्न प्रश्नको उत्तर प्राप्त नभएपछि ठूलो लगानी गर्न तयार नभएको विराटनगरको भनाई छ ।  

मंसिर ८ गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल पुष १४ मा हुने तालिका छ ।

एउटा फ्रेन्चाइजले नाम फिर्ता लिए पनि आयोजक भने यसपटक हराइसकेको फुटबल माहोल फर्काउने गरि प्रतियोगिता गर्नेमा प्रतिबद्ध देखिन्छ । घरेलु फुटबलको खस्कँदो माहोल तताउने तयारीमा छ । ‘घरेलु फुटबलमा रोकिएको माहोल फर्काउन चाहन्छौं,’ एनएसएलका निर्देशक श्रेयंस कार्की भन्छन् ।

उनी एन्फा भित्रको राजनीतिले पुनः एनएसएललाई अशर नगर्ने र आफूहरु निर्धक्क दोस्रो संस्करण आयोजना गर्न पाउनेमा आशावादी छन् । ‘हाम्रो चाहना नै एन्फा भित्र राजनीति नहोस् र प्रतियोगितामा कुनै असर नहोस् भन्ने हो । यतिबेला कसरी हुन्छ नेपाली फुटबलको माहोल फर्काउनेमा ध्यान दिएका छौं । दोस्रो संस्करण भव्य आयोजना गर्छौं,’ उनी भन्छन् ।

मंसिर ८ गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल पुष १४ मा हुने तालिका छ । यसअघि सात टोली विराटगरसँगै च्याम्पियन काठमाडौं, उपविजेता धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी एफसी, बुटबल लुम्बिनी एफसीसँगै इलाम, विरगञ्ज युनाइटेड एफसी र झापा एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

यसपटक चिन्ता भनेकै खेलाडीको विदेश पलायन हो । राष्ट्रिय टोलीमा निरन्तर रहेका  र ‘ए’ डिभिजन लिग खेलिरहेका ५० भन्दा बढि खेलाडी अस्ट्रेलिया लगायत देश पुगेका छन् । त्यसको प्रत्यक्ष अशर एनएसएलमा देखिएको छ । 

दोस्रो संस्करणको अक्सन असोज १९ गतेलाई तय गरिएको छ । जहाँ ए, बी र सी खेलाडीको श्रेणी बर्गिकरण गरिएको छ । आयोजकले धेरै नेपाली खेलाडी विदेश पलायन भएकाले कम्तिमा पाँच देखि ६ विदेशीलाई खेलाउने तयारी गरेको छ । आयोजक र क्लबबीच सल्लाह भए पनि आधिकारीक निर्णय बाहिर आइसकेको छैन ।

‘यसपटक चिन्ता भनेकै खेलाडीको विदेश पलायन हो । राष्ट्रिय टोलीमा निरन्तर रहेका  र ‘ए’ डिभिजन लिग खेलिरहेका ५० भन्दा बढि खेलाडी अस्ट्रेलिया लगायत देश पुगेका छन् । त्यसको प्रत्यक्ष अशर एनएसएलमा देखिएको छ,’ आयोजकमध्येका एक भन्छन्, ‘यही कारण विदेशी खेलाडीलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ ।’

केही क्लब भने अस्ट्रेलियामा रहेका खेलाडी झिकाउने योजनामा देखिन्छन् । ‘टिमलाई खेलाडी छान्न निक्कै सकस छ । हरेक पोजिसनमा विदेशी खेलाडीको भर छ । राष्ट्रिय टोलीमा पनि खेलाडी कम हुँदा मार्की र कप्तान छान्ने समस्या छ,’ एक क्लबका पदाधिकारी भन्छन् ।

यसपटक केही क्लबले विदेशी प्रशिक्षकमा ध्यान दिएका छन् । देशभित्र नेपाली प्रशिक्षकको खडेरी लागेकाले क्लबहरुले विदेशी प्रशिक्षकलाई प्राथमिकतामा राखेका हुन् ।

आर्थिक संकटको कारण यसपाली अवस्था झनै कठिन छ । आयोजकले गर्नुपर्ने ब्राण्डिङ गरेको छैन । पहिलो संस्करण कोभिड १९ का कारण लकडाउनको समयमा भएको थियो । तर त्योबेला फुटबलको राम्रो माहोल थियो । अहिले छैन ।

यद्यपि यसपटक आयोजकले प्रतियोगिता ब्रान्डिङमा ध्यान नदिएकाले ठूलो लगानी गर्न क्लबहरुले आनाकानी गरिरहेका छन् । एक क्लबका लगानीकर्ता भन्छन्, ‘एनएसएल खेल्न क्लबको ठूलो लगानी हुन्छ । आर्थिक संकटको कारण यसपाली अवस्था झनै कठिन छ । आयोजकले गर्नुपर्ने ब्राण्डिङ गरेको छैन । पहिलो संस्करण कोभिड १९ का कारण लकडाउनको समयमा भएको थियो । तर त्योबेला फुटबलको राम्रो माहोल थियो । अहिले छैन । हामीलाई गाह्रो छ,’ एक क्लबका पदाधिकारी भन्छन् ।  


 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024