लेवान्डोवस्की र बेन्जेमा बलोन डी अर का लागि योग्यः उपमेकानाे

म्युनिख, (खेलाडी)– बायर्न म्युनिखका रक्षक डेयोट उपमेकानोले रोबर्ट लेवान्डावस्की र रियाल मड्रिडकास्टार करिम बेन्जेमा दुवै यो वर्ष 'बलोन डी अर' का लागि योग्य भएको बताएका छन् । 

‘लेवान्डोवस्की र बेन्जेमा दुवै बलोन डी अर को लागि योग्य छन् । उनीहरु विश्वका दुई उत्कृष्ट स्ट्राइकर हुन् । उनीहरुले यसलाई वर्षाैदेखि प्रमाणित गर्दै आएका छन्,’ उनले भने । 

बुन्डेसलिगा च्याम्पियन्स बायर्नमा लेवान्डोवस्कीका सहकर्मी रहेका उपमेकानो विश्वकप र युइएफए नेसन्स लिग विजेता फ्रान्सको राष्ट्रिय टोलीमा बेन्जेमासँग  खेल्छन् । 

‘लेवान्डोवस्कीले अर्वाड जिते भने म उसको लागि खुशी हुन्छु किनकि उ बायर्नमा मेरो सहकर्मी हो । यस्तै बेन्जेमाले जित्दा पनि उसको लागि धेरै खुशी हुन्छु,' उनले भने ।