युरो २०२० मा आज तीन खेल, पहिलो खेलमा इङ्ल्यान्ड र क्रोएसिया भिड्ने

काठमाडौं, (खेलाडी)- युरोपियन च्याम्पियनसिप (युरो २०२०) मा आज तीन खेल हुने छन् । 

नेपाली समयअनुसार साँझ पौने सातबजे समूह ‘डी’ को खेलमा इङ्ल्यान्डले क्रोएसियालाई वेम्बली रंगशालामा निम्त्याउनेछ भने त्यसपछि समूह ‘सी’का दुई खेल पनि आजै राति हुनेछन् । 

समूह ‘सी’ को पहिलो खेल आज राति पौने दश बजे अस्ट्रिया र नर्थ मेसेडोनियाबीच बुदापेस्टको नेशनल एरिना बुखारेस्टमा हुनेछ भने एम्सटरडमको योहान क्रायफ एरिनामा नेदरल्यान्ड्स र युक्रेनले राति पौने एक बजे एकअर्काको सामना गर्नेछन् ।