रामोसलाई सेभियाको पाँच वर्षे सम्झौता प्रस्ताब

मड्रिड, (खेलाडी)- सेभियाले आफ्ना पूर्व सेन्टर ब्याक सर्जियो रामोसका लागि पाँच वर्षको लागि अनुबन्धन प्रस्ताब गरेको छ ।

रियाल मड्रिडका ३५ वर्षे रक्षक रामोसको वर्तमान क्लबसँग सम्झौता हालैमात्र सकिएको छ । २००५ मा सेभियाबाट रियाल आएपछि उनी यही क्लबबाट लगातार खेल्दै आएका थिए । 

रियालले उनलाई सान्टियागो बेर्नाबेउमै राख्‍ने उदेश्यका साथ एक सिजनका लागि नयाँ सम्झौताका लागि प्रस्ताब गरेको खवर हालै सार्वजनिक भएको थियो । तर रामोसले कन्तिमा दुई वर्षका लागि सम्झौता नवीकरण गर्नुपर्ने प्रस्ताब राखेपछि खेलाडी र क्लबबीच कुरा नमिलेको बताइएको छ ।